जनकपुरधाम, बैशाख ३० गते । सिरहाको लहानमा टाउको काटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

लहान नगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार क्षेत्रीले जानकारी दिए ।

उनको सोमबार राति नै हत्या भएको आशंका गरिएको छ । यद्यपी कसले र किन हत्या गरेको हो ? भन्ने नखुलेको डिएसपी क्षेत्रीले बताए ।

प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । शवलाई पोष्टमार्टमका लागि पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय