जनकपुरधाम, बैशाख २९ गते । लकडाउनका कारणले बच्चाहरको खाने सामग्री लगदा सो गाडीको बाटोमै दुर्घटना भएको र त्यसमा लाखौंको क्षती भएको रहेको छ ।
युनिसेफद्धारा सहयोग प्राप्त बच्चाहरुको लागि हलुवाको समाग्री लग्दै गर्दा बाटोमै गाडी दुर्घटना हुँदा गाडीमा लाखौको क्षति भएको गाडी धनी सुनील कुमार साहले वताएका छन ।
युनिसेफ माफर्तबाट बच्चाहरुको औषधीको रुपमा रहेको हलुवा पिकप भ्यानबाट लग्दै गर्दा सप्तरी जिल्लाको बोदे वरसाईन नगरपालिकामा भैसी संग ठक्कर खाएपछि भ्यान दुर्घटना भएको वताउदै उनले दुर्घटनाका कारण वच्चाहरुको समाग्रीमा केहि क्षति नभएपनि गाडीमा करिव अढाईलाख वरावरको क्षति भएको जनाएका छन ।
साथैै भैसी संग ठक्कर खाएपछि घाइते अवस्थामा रहेको भैसीको पनि मृत्यु भएकोले भैसीका धनीले भैसी माग गर्दै आएको तर दुर्घटना पश्चात पटक–पटक इन्सुरेन्स र युनिसेफ संग सम्पर्क गर्दा खासै ध्यान नदिएकोले संचारमाध्यममा आउनुपरेको पिडीत साहले वताएका छन ।
घटना घटेको हप्तो वितेपनि युनिसेफले गाडीको क्षतिको विषयमा वोल्ने नचाहेको तथा इन्सुरेन्सले पनि ध्यान नदिएको साथै भैसी धनीले आफुलाई अर्को भैसी खरिद गरेर दिनका लागि दवाव दिदै आएकोले उचित क्षतिपुर्तिका लागि पहल गरिदिन साहले आग्रह गरेका छन ।
दुर्घटनाग्रस्त गाडी अहिले प्रहरीको रोहवरमा रहेको गाडी धनी साहले वताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय