नेपालमा दिप प्रज्वलन आज महामारीको जोखिममा अग्रणी मोर्चामा रहि काम गर्ने प्रति सम्मान

जनकपुर – विश्व सहित नेपालमा समेत कोरोना भाइरस (कोभिड १९) माहामारीको जोखिम फैलिएपछि त्यस विरुद्ध अग्रनी मोर्चामा लडने योद्धाहरु चिकित्सक, स्वास्थ्यकर्मी, नर्श, सफाईकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सेवाकर्मी सहितको मनोबल बढाउन सम्मान स्वरुप साँझ ७ बजे दिप प्रज्वलन गर्न सरकारले आव्हान गरे बमोजिम जनकपुरमा पनि दिप प्रज्वल गरिएको छ ।

आज साँझ ७ बजे जनकपुरधामको जानकी मन्दिर प्राङ्गण, रामानन्दचौक स्थित रामानन्द प्रवेशद्वारका साथै घर घरमा दिप प्रज्वलन गरि महामारीको जोखिममा अग्रणी मोर्चामा रहि काम गर्ने प्रतिको सम्मानमा दिपावली मनाइएको छ ।

प्रधानमन्त्री केपी शर्माओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा समेत भएको हुँदा दीप प्रज्वलन गर्न आग्रह गरे बमोजिम जनकपुरधाम सहित देशैभरि आज दीप प्रज्वलन गरिएको हो ।
प्रधानमन्त्री ओलीले कोरोना महामारी विरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका थिए ।

बुद्ध जयन्तीको मंगलमय शुभकामना सहित दिप प्रज्वलन गरि ति योद्वाहरुप्रति धन्यवाद समेत ज्ञापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय