बीरगन्ज, २८ चैत्र —भारतीय संचारमाध्यमहरुले पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियाँलाई बिहारमा कोरोना फैलाउन षडयन्त्र रचेको आरोप लगाएका छन् । विभिन्न संचारमाध्यमहरुले मियाँले ४०÷५० जनाका कोरोनाका आशंकित संक्रमितलाई बिहार पठाउने जिम्मा लिएको आरोप लगाएका छन् ।भारतीय सीमा सुरक्षा बल एसएसबीको एक पत्रबाट यो कुराको रहस्य बाहिर आएको ती संचारमाध्यमहरुको तर्क छ । ३ अप्रैलका दिन एसएसबीले पश्चिम चम्पारणका डीएम र एसपीलाई लेखेको सो चिठीबाट यो कुरा बाहिर आएको जनाइएको छ । नेपालबाट कोरोनाका करिब ४०÷५० जना आशंकित संक्रमित बिहार छिर्न सक्ने भन्दै सो चिठीमा सर्तक रहन भनिएको छ । साथै, यो सबै षडयन्त्रको पछाडि अध्यक्ष मियाँ रहेको आरोप लगाइएको छ । मियाँलाई हतियार जाली नोटको तस्कर भनी चिठीमा भनिएको जनाइएको छ ।उनले विभिन्न मुस्लिम देशमा काम गरेर फर्किएका करिब २०० भारतीय र ५ देखि ६ जना मुसलमानहरुलाई बिहार छिराउने जिम्मा लिएको भनिएको छ । विशेष श्रोतको हवाला दिदैं ती सबै मुसलमानहरुले पारासिटामोल खाइरहेको र उनीहरुको कोरोना पोजेटिभ हुन सक्ने बताइएको छ । साथै, एसएसबीले लेखेको सो चिठीमा नेपालको स्थानीय प्रशासनलाई सर्तक गराउन भनिएको छ ।यसैबीच, मियाँले भारतीय सञ्चारमाध्यमले प्रशारण गरेको समाचारप्रति आपत्ति जनाउनुभएको छ । आफू स्थानीय सरकार प्रमुख भएको र अहिले कोरोना संक्रमण फैलन नदिन विभिन्न काम गरिरहेका बेला भारतीय सञ्चारमाध्यममा आफू विरुद्ध षड्यन्त्रपूर्वक ढंगले खबरहरु प्रशारण भइरहेको भन्दै यसमा कुनै पनि सत्यता नरहेको मियाँले बताउनुभयो । उहाँले आफ्नो चरित्र हत्या गर्ने गरि प्रशारित समाचारप्रति प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाई जानकारी गराइसकेको भन्दै उहाँले वीरगंज स्थित भारतीय महावाणिज्य दूतावासमा पनि यसबारे जानकारी लिने बताउनुभयो ।
https://nepalpostdaily.com/2020/04/26079/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय