तस्बिर संकेत अनुसार

जनकपुरधाम । धनुषा जिल्लामा गेहुँमा अज्ञात व्यक्तिले आगो लगाउने क्रम बढेसँगै किसानहरु चिन्तित भएका छन् । पछिल्लो पटक धनुषाको कमला नगरपालिका वडा नं. ६ मा शुक्रवार राति करिव ११ बजेको समयमा काटेर थ्रेसरका कुटा जम्मा गरी राखिएको गेहुँमा आगो अज्ञात व्यक्तिले आगजनी गरेको छ ।
कमला नगरपालिका वडा नं. ६ सखुवा मडान बस्ने चनरदेव महतो र धर्मनाथ महतोले काटेर थ्रेसरमा कुटाउन एक ठाउँमा जम्मा गरेरे राखेको १ विघाका गेहुँमा आगजनी गरिएको छ । आगजनीले आफहुरुको १ विघाको तयारी अवस्थामा रहेको पुरै गेहुँ जलेर नष्ट भएको पीडित किसान धर्मनाथ महतोले बताए । आफुहरुको कसैसँग कुनै झैझगडा, दुश्मनी नरहेको भएपनि गेहुँमा कसले र किन आगो लगाएको भन्दै पीडित किसान महतोद्धयले प्रहरीसँग घटनाको छानविन गरी आलो लगाउने व्यक्तिलाई खोजी गरी कारवाही गर्न र आफुहरुको गेहुँको क्षतिपूर्ति उपलब्ध गराइदिन माग गरेका छन् । यसैबीच सबै सुतेको अवस्थामा लकडाउनको मौका छोप्दै गेहँुमा कसले र किन आगो लगाएको विषयमा अनुसन्धान सुरु गरिएको अस्थायी प्रहरी चौकी सखुवा मडानले जनाएको छ ।
यसअघि पनि धनुषा जिल्लाका सबैला नगरपालिका वडा नं. १ स्थित मुसहरी टोलमा चैत २६ गतेको राति काटेर थ्रेसरमा कुटान जम्मा पारि राखिएको गेहुँमा आगिजनी गरिएको थियो । सबैला नगरपालिका वडा नं. १ कोे मुसहरी बस्ने स्थानीय सत्यनारायण यादवको २ विघाको गहुँमा आगीजनी गरिएको थियो ।
जिल्लाक पूर्वी क्षेत्रमा अहिले दिनपिच्छे गेहुँमा आगजनी गर्ने क्रम बढेको देखिएको छ । गेहुँमा आगो लगाउने घटना बढेसँगै किसानहरु चिन्तित भएका छन् । व्यक्तिगत दुश्मनी वा अन्य कारणले ४ ५ महिनाको मेहनत र लगानीबाट उब्जाएको गहुँ काटेर घर ल्याउने समयमा आगजनीको घटना बढेपछि किसानसभ चिन्तित र हतास भएको कमला नगरपालिका बस्ने लक्ष्मेश्वर यादवले बताएका छन् ।
अहिले कोरोना भाइरसकोे सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी राखेको लकडाउनको मौका छोप्दै स्थानीहरु बढी जसो घरबाट बाहिर ननिक्लेको अवस्थामा केही उच्श्रृंखल व्यक्ति, अज्ञात व्यक्तिहरुले यस्तो क्रियाकलपा गरेको हुन सक्ने प्रहरीको आशंका छ । तर प्रहरीले हालसम्म गहुँमा आगलो लगाउने व्यक्ति पहिचान गरी पक्राउ गर्न नसकेको पीडितहरुको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय