राजेश कुमार यादव

जनकपुरधाम । पशुपन्क्षी तथा मत्सय बिकास निर्देशनालय प्रदेश न.०२ जनकपुरधामको निर्देशक श्री जागेशवर यादवको अध्यक्षतामा बिहीबारका दिन भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धनुषा तथा महोतरी का प्रमुख क्रमशः डा.शम्भु साह र डा.संजीव कुमार ठाकुर तथा पशुपन्क्षी तथा मत्सय बिकास निर्देशनालय का पशु चिकित्सक डा.रन्जीत कुमार अधिकारी नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश ०२ का पदाधिकारीहरु डा.बिनोद कुमार यादव र डा.सुमन कुमार सिंह को उपस्तिथिती अहिलेको समसमायीक बिषय कोभिड-१९ को महामारीको अवस्थामा देश बन्दाबन्दी भएकोले दुधको आपूर्ति न्यून भएकोले बजारीकरणको समस्या हुदा दुग्ध पर्दाथ हरुको विविधीकरण गरि भविष्यमा हुने समस्या लाई लक्षित गर्दै समयमा समस्याको सामाधान तिर लाग्नु पर्नेमा डा.संजीव कुमार ठाकुरले जोड दिनु भएको छ्न ।

साथै भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धनुषाका प्रमुख डा.शम्भु साह ले विभिन्न स्तरमा किसानहरुको समस्या लाई लक्षित गर्दै पशु आहारा तथा दुग्ध ढुवानी,मासु तथा माछा बिक्री तथा बितरणमा सहजता पुर्याउदै जिल्ला स्तरमा पशुपालक किसानलाई माहामारीको बेला मा आफू हर हमेशा साथ रहने बताएको छन ।साथै किसानलाइ उत्साह तथा हौसला प्रदान गर्ने जनाकारी दिनुभएको छ।

नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश न.०२ का प्रतिनिधि डा. सुमन कुमार सिंह ले हामी सम्पुर्ण प्रदेश भेटेरिनरी एसोसिएसन सरकारको गतिविधि तथा निर्णयमा आफू सदैब तत्पर रहने प्रतिबद्धता दिएका छ्न तथा सरकारको सम्पुर्ण क्रियाकलापमा एसोसिएसन को तर्फबाट सदैब सहयोग गर्ने भनी प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय