तस्बिर संकेत अनुसार

घर भित्र्याउने समयमा आगो लगाएर नष्ट गरिदिँदा यादव परिवार विच्चलीमा परेका छन् ।

जनकपुरधाम ।लक डाउनको समयमा धनुषा जिल्लाको सवैला नगरपालिका वडा नंं १ निवासी सत्यनारायण यादवको दुई विघाको गहुँवालीमा अज्ञात समूहले आगजनी गरि नष्ट दिएको छ ।

प्रदेश नं. २ को धनुषामा गएराती कुतरिया (पेलाउन) को लागि राखिएको गहुँमा आगजनी गरिएको छ ।

धनुषाको सबैला नगरपालिका वडा नं. १ स्थित मुसहरी टोलमा किसानले थुपारेर राखिएको गहुँमा अज्ञात व्यक्तिले आगजनी गर्दा दुई बिघाको गहुँबाली नष्ट भएको हो ।

स्थानीय सत्यनारायण यादवको गहुँबालीमा बुधबार (गएराती) करिब १० बजे मुसहरी टोल नजिकै थ्रेसरमा पेलाउनको लागि जम्मा गरिएर राखिएको गहुँमा आगजनी भएको हो ।
रातिमा मानिसहरू सुतिरहेको मौकाछोपेर गहुँ आगो लगाई नष्ट गदिएको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
सबैला बजार हुँदै आएको एउटा मोटरसाइकलमा दुई जना सबार व्यक्तिले आगो लगाएर फेरि त्यही बाटोबाट फर्किएको हुन सक्ने एक स्थानीयले बताए ।

व्यक्तिगत दुश्मनीका कारण ४/५ महिनाको मिहिनत र लगानीले उब्जाएको दुई बिघाको गहुँलाई घर भित्र्याउने समयमा आगो लगाएर नष्ट गरिदिँदा यादव परिवार विच्चलीमा परेका छन् ।

यता, मुसहरी टोल भने धनुषाधाम नगरपालिका वडा नं. ३ मा पर्ने गरेको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कृप्या भिडियो अपडेटको लागि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय