जनकपुरधाम । प्रदेश २ सरकारले लकडाउनमा माछा व्यवसायीहरुको मार्कालाई दृष्टिगत गर्दै टोल टोलमा घुम्ति शिविर मार्फत माछा विक्री वितरण गराउन शुरु गरेको छ ।

प्रदेशका किसानहरुको उत्पादित माछालाई बजारीकरण र जनतालाई सहजीकरणको लागी प्रदेश २ सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मत्स्य सहकारी द्वारा जनकपुरको टोल टोलमा सस्तो मुल्यमा फ्रेस र स्वस्थकर माछा विक्री वितरण गराई रहेको छ ।

लकडाउनमा आम जनतालाई समेत घरबाट निस्किने अवस्था नरहेको कारण प्रदेश सरकारले उनीहरुको घर दैलोसम्म पुगेर सुपथ दररेटमा किसानबाट उत्पादित स्वस्थ्यकर माछा उपलब्ध गराइरहेको कुरा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिएका छन ।

यसअघि आम जनताको सहजताका लागि किसानबाट उत्पादित दुग्ध तथा तरकारी सो मन्त्रालयले विभिन्न केन्द्र तोकि जनकपुरधाम सहित प्रदेशका ८ वटै जिल्लामा विक्री विरण गराउंदै आएका छन ।सभार लेकपुरका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय