लहान,चैत २६ गते : नयाँ वर्षको अवसरमा वैशाख १ लाग्ने सलहेश फुलवारी मेला संचालन गर्न नदिने भएको छ ।

यसैगरी २ गते प्रत्येक वर्ष सिरहा जिल्लामा पकडिया गढ, मानिक दह ,धमनी माई मेला र पतारी मेला लगायत जिल्ला भर विभिन्न स्थानमा लाग्ने मेला तथा महोत्सवहरु पनि स्थगित गर्न, मेला लाग्न नदिने निर्णय मंगलबार गरेको हो ।

विश्वभर कोरोना भाईरसका प्रभावलाई नियन्त्रण गर्न देशभर लागू भएको लकडाउनका कारण अाउँदो नयाँ वर्ष २०७७ का लागि स्थगित गर्न, मेला लाग्न नदिने भनी जिल्ला प्रशासन कार्यलय सिरहा तथा सुरक्षा निकायका प्रमुखहरू तथा स्थानिय सरकारहरूको अाज बसेको बैठकबाट निर्णय गरेको हो ।

सिरहा जिल्लाको लहान नगरपालिका,गोलबजार नगरपालिका , सिरहा नगरपालिका ,भगवानपुर गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकामा आउदै गरेको नयाँ वर्ष २०७७ को बैशाख १ र २ गते लाग्ने मेला तथा महोत्सवहरु पनि स्थगित गर्न, मेला लाग्न नदिने निर्णय गरेको हो ।

उक्त स्थानीय तहहरुबाट उक्त मेला पर्वहरु नहुने बारेमा सुरक्षा निकायहरुसङ समन्वय गरि सिमावर्ती बासिन्दाहरुलाई समेत जानकारी गराउने कार्यहरू गर्न निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकार सरोज गुरागाईले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय