बास्तविक तौल भन्दा कम भएको जनगुनासो

जनकपुरधाम, महेन्द्रनगर
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित अमृता जेनर सपलार्यसमा छापामारी गरिएको छ ।

गणेशमान चारनाथ नगरपालिका गरिब अति विपन्न परिवारको लागी १० केजी चामल, १ केजी दाल लगायतका सामग्री राहत स्वरुप बाँडन लागीएको बास्तविक तौल भन्दा कम भएको जनगुनासो आएपछि एक्सनमा आएका मेयर रामबावु यादव लगतै अनुगमन पठाई चेकजाँच गर्दा करिब ७५ प्रतिशत भन्दा बढी चामल दालको पोकामा २ सय देखि ५ सय ग्राम सम्म कम तौल पाएको थियो ।

नेपाल सरकार द्धारा विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागी अहवान गरिएको लकडाउनबाट प्रभावित अति विपन्न परिवारहरुको लागी निशुल्क बाँटन लागिएको राहतमा स्थानिय वडाबासीहरु घरमा लगि तौल गर्दा बास्तविक तौल भन्दा कमी आएपछि गुनासो गरेका थिए ।

जानकारी लगतै ईलाका प्रहरी कार्यालय महेन्द्रनगर राहत पैकिङ्ग हुने अमृता जेनरल सपलार्यसमा पुगी तौल गरिएको चामल, दाल आफनो नियन्त्रणमा लिई तौल गर्दा प्रतेक चामल, दालको पोकामा २ सय देखि ५ सय ग्राम सम्म परिणाम कम देखिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पप्पु नायकले बताए ।

गणेशमान चारनाथ नगरपालिका ५ दिन देखि वडानम्बर ५ मा ३०० वडानम्बर ६ मा २४७, वडानम्बर ८ मा २०१ वडानम्बर ९ मा ३२५, वडानम्बर १० मा २८६ घरपरिवारलाई राहत सामग्री वितरण गरेको नगर प्रमुख रामबावु यादवले जानकारी दिए । बाँकी वडामा बाँडदै गर्दा यस्तो जनगुनासो आएपछि हामी चेकजाँच गरेको नगर प्रमुख यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय