मौसम झा

जनकपुरधाम
धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकामा न्यु शुभम ट्रेड एण्ड सप्लायर्सका प्रो. श्री रामबली यादबले विपन्न परिवालाई राहत वितरण कार्य शुरु गरेको छ ।

गरीव, असहाय, दलित लगायतका परिवालाई न्यु शुभम ट्रेड एण्ड सप्लायर्सका प्रो. श्री रामबली यादब, मिथिला बिहारी नगरपालिका वडा नम्बर-९ का वडाअध्यक्ष विन्देश्वर यादब, श्री साधुशरण यादब,श्री परमेश्वर यादब,श्री राम हिरदे भण्डारी,श्री दुर्गशवर प्रसाद यादव द्धारा वडा नम्बर ९ देखि खाद्यान सामग्री राहत स्वरुप उपलब्ध गराएको छ ।

कोभिड १९ को संक्रमण नियन्त्रण गर्ने उदेश्यले नेपाल सरकार द्धारा देश व्यापी रुपमा लकडाउन घोषणा गरे पछि गरिव मजदुर विपन्न परिवालाई दैनिक जीवनयापन कठिन भएकोले खाद्यान्न सामग्री वितरण गर्न शुरु गरेको हो ।

लकडाउन र निषेधाज्ञाको कारण काम काज, पसल, व्यापार निमार्ण कार्य पूर्ण रुपमा प्रभावित भएपछि असहाय एवं विपन्न दलित परिवालाई छाक टार्न धौधौ परिरहेको बेला न्यु शुभम ट्रेड एण्ड सप्लायर्सका प्रो. श्री रामबली यादब द्धारा घरमा पुगेर राहत वितरण गर्न शुरु गरेको छ ।

मिथिला बिहारी नगरपालिका वडानम्बर ९ को तिन वटै टोलमा करिब ५१ घरपरिवारलाई राहत वितरण गरिएको श्री रामबली यादबले जनाए । बिहिबार देखि सुरु गरिएको राहत सामग्रीमा चामल ३ केजी, बैंग्न १ केजी, बन्दा कोबि १ केजी ,नुन १ पेकेट लगातका खाद्यन्न सामग्री वितरण गरिएको श्री रामबली यादबले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय