जनकपुर्।धनुषाको सबैला नगर प्रमुखले ६५ घरधुरीलाई सरकारले तोकेको मुल्यमै हाप सिलिण्डर ग्यास वितरण गरेका छन् ।

धनुषाको सबैला नगरपालिका वार्ड नं.९ स्थित भठिहन बजार टोलमा नगर प्रमुख बिजय शंकर प्रसाद शाहले ६५ वटा हाप सिलिन्डर नोबेल ग्यास वितरण गरिएको हो । माग अनुसार पुर्याउन नसकिने अवस्था आएकोले आधा सिलिन्डर ग्याँस मात्रै बेच्ने निर्णय भएको नगर प्रमुख शाहले बताएको छ ।

यसअघि एक सिलिण्डरमा १२ किलो २ सय ग्राम किलो ग्याँस हुँदै आएकोमा अब ७ किलो १ सय ग्राम मात्रै हुने निगमले जनाएको छ ।
यसअघि भारतले लगाएको अघोषित नाकाकन्दीमा पनि आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो । कोरोना भाइरसको संक्रमणको त्राससँगै देशभर ग्याँसको माग बढिरहेको छ ।

सो अवसरमा मेयर साहले व्यवसायीहरूको नाफा सरकारले तोकिदिएको चर्चा गर्दै सङ्कटको फाइदा उठाएर कालोबजारीको प्रयास नगर्न व्यवसायीहरूलाई आग्रह समेत गरेका थिए।
नगरप्रमुख साहले अहिले उपभोक्ताको जुनसुकै सिलिन्डर पनि साटिदिनुहोस्, विश्वव्यापी सङ्कट नोबेल कोरोना भाइरसले अहिले नाका बन्दको बेलामा नाफा, घाटा नगरौँ, राज्यलाई सहयोग गर्न आग्रह पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय