जनकपुरधाम । विश्वव्यापी कोरोना त्रासको समय धनुषाको सवैला नगरपालिकामा ब्यापारीहरुले नगरसफाइ तथा बजार सफाइमा अनियमितता विरुद्ध नगर बन्द गरि आन्दोलन थालेका छन।

नियमित रुपमा हुँदै आएका सरसफाइ बन्द भएपछि बिच बजारमै थुपारिएको फोहोरले गन्ध दिन थालेको भन्दै सम्पुर्ण ब्यापारी तथा आम जनताले बजार ब्यबसाय बन्द गरि र्याली सहित नारावाजी गरेका छन् ।

उधोग बाणिज्य संघ सवैलाका अध्यक्ष रामचन्द्र जायसवालले नगरप्रमुख बिजय शंकर प्रसाद साहले बिकास निर्माण तथा सरसफाइ कार्यमा अटेरी गरिरहेको बताए।

सरसफाइको जिम्मा लिएका मेस्तर भारु मल्लिकले आफुलाइ बिगत आठ महिनादेखी नगरपालिकाले आफुलाइ तलव भत्ता उपलब्ध नगराएको बताउँछन् ।

स्थानीय निर्वाचन भएदेखी मेयर उपमेयर तथा जनप्रतिनिधिको आपसी कलहले आम जनता तथा सेवाग्राही मर्कामा परेको र जनप्रतिनिधि हरुले काम प्रती उत्तरदायी नहुदा बिकास निर्माण र सरसफाइ ठप्प भएको भुतपुर्व ब्यापार संघका अध्यक्ष श्री प्रसाद नायकले जनाए।

यता नगरप्रमुख बिजय शंकर प्रसाद साहले सरसफाइ नगरप्रमुख तथा जनप्रतिनिधिहरु मात्र यसको जिम्मेवार नभएको बताउछ्न। यसको सवै क्षेत्रबाट पहल हुनुपर्छ साथै आफुलाइ तलब नदिएको भनिएको मेस्तर मल्लिक नगरपालिकाको कर्मचारी समेत नभएको बताउछ्न। नगरपालिकाले सरसफाइमा खटिएका सम्पुर्ण कर्मचारीलाई समयमै तलब भत्ता उपलब्ध गराइएको जनाए।

केही दिनदेखी नगरपालिकाको ट्रयाक्टर बिग्रेको र अहिले नया ट्रीपर ल्याउदा छिट्टै सरसफाइलाइ नियमितता दिने नगरप्रमुख साहले प्रतिक्रिया दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय