लेखक डा. मनोज मुक्ति “विवेक”

W.H.O. को अनुसार कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालमा संघीयता र लोकतान्त्रिक गणतन्त्रको उपलब्धि नै कर, भ्रष्टाचार, मनपरितन्त्र र लूटतन्त्र हो कि जस्तो आम जनतालाई अभास हुन थालेको छ।
राज्यले कर उठाउने परम्परा धेरै पुरानो छ। जनताले इमानदारीपूर्वक राज्यलाइ कर तिरे मात्र राज्य र जनताले समृद्धि , उन्नति प्राप्त गर्छ। र राज्यले जनताको कर बापत जनतालाइ आवश्यक सुख-सुबिधा र शान्त वातावरण दिन्छ। तर राज्यले मनपरि रूपमा कर उठाउनु हुँदैन। देश र जनताको आवश्यकतालाई ध्यान दिदैं मात्र कर उठाउनु पर्छ तर यहाँ त पढ्न लागि कर, लेख्न कर र बोल्न लागि कर तिर्नु पर्छ। जुन नेपाल जस्तो अशिक्षित र अविकसित मुलुकको हितमा पक्कै छैन। गणतान्त्रिक नेपालमा त शिक्षा फ्री र सबैका लागि हुनु पर्थ्यो तर सरकारले शिक्षामा कर, कोपि किताबमा कर लगाएर अशिक्षित प्रतिशतलाई बढाउन लागि परेको देखिन्छ। के गणतन्त्रको माला जाप गर्नेलाई शिक्षा नै कुनैपनि मुलुकको मेरुदण्ड हो भन्ने थाहा छैन? जानिजानी जनतालाइ शिक्षाबाट बंचित गर्ने कु प्रयास कसैको हितमा पक्कै छैन। हामीले स्वतन्त्र रूपमा लेख्न, बोल्न र पढ्न पाउनै पर्छ। नेपालको संविधान २०७२ले पनि यी सबै कुराको ग्यारेन्टी गरेको छ तर सरकारको कर निर्भरताले जनताको मौलिक अधिकार खतरामा परेको देखिन्छ। के हामीले पढ्न नपाउने ?

लोकतान्त्रिक गणतन्त्रको अर्को महत्त्वपूर्ण उपलब्धि भ्रष्टाचार हो कि भने जनमानसमा त्रास फैलिएको छ। भ्रष्टाचारका नयाँ नयाँ प्रकरणले आमजनताको मनमा गणतन्त्र प्रती नै घृणा उब्जाएको छ। जनता चकित र बिचलित छन। तर सबैका सबै एक अर्कोलाई दोष लाउनेमा मात्र सिमित छन। सरकारी स्तरबाट भ्रष्टाचार निवारणका ठोस उपाय नहुनु आफैंमा दु:खद र आश्चर्यजनक छ। गणतन्त्रमा जनताको करको दुरुपयोग र भ्रष्टाचार हुन्छ भने कल्पना पनि गर्न सकिदैन तर तर गणतन्त्रका तथाकथित योद्धाहरु करको दुरुपयोग र भ्रष्टाचार गरेर मख्ख छन। आखिर कस्ले के बोल्ने मुखमा नै कर लाएछ !

नेपालको गणतन्त्रमा लूततन्त्र हावी भएछ। केन्द्र , प्रदेश र स्थानीय स्तरमा लूट नै लूट छ। सत्तामा भएका लागि लूट भने संबैधानिक अधिकार जस्तो भएछ। लूट्न पनि कसरी न लूटोस आखिर स्कुलिङ्ग त लूटकै हो। गणतन्त्रको त खोल मात्र हो। गाउँमा सडक छैन भने कुरा त अब पुरानो भैइसकेछ। सडक त सबैतिर छ तर चल्न र गुड्न नसकिने अवस्था छ। वर्षा याममा मात्र हैन अब त अलि मात्र पानी परे बाटोघाटो जाम हुन पुग्छ। तर लोकतन्त्रको सरकारलाई के मतलब? बिकासको काम कागजमा मिलोमतो गरि जिविका चलाइरहेका द्लका दलालहरु लाई दलपतिले मन पराएकै हुन किनभने भोट बैंकलाई सुरक्षित राख्न द्लाल त पाल्नै पर्यो।
लूटको सिमा छैन। मौका पायो कि लूट। गाउँको नाला बनाउने देखि कारखाना बनाउन सम्म लूटै लूट छ। लोकतन्त्र र लूटतन्त्र उस्तै उस्तै हो जस्तो आमजनमानसमा मह्सुस हुनथाली सकेको छ।

हे सरकार, जनताले कर तिरैकै छ र तपाईंहरु ले लूटेकै हो। अब त संघीयता र गणतन्त्रको भोका जनतालाइ पशुपतिनाथको सहारामा मात्र न छाड। झुक्याएर लिइएका खुन बापत कोरोना भाइरसबाट बच्ने अधार त तयारी गर। नत्र तिम्रो के काम? यो सरे गलेका गणतन्त्रको के फाइदा?
पशुपतिनाथले रक्षा गरून्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय