लेखक डा:- मनोज मुक्ति “विवेक”

हामिले शुरुदेखि नै भन्दै आएका छौ, जनतन्त्र र जनतान्त्रिक शासन ब्यबस्था नै यो करतन्त्र, कमिसनतन्त्र, भ्रष्ट र लूटतान्त्रिक शासन ब्यबस्था को उत्तम बिकल्प हो। जनतन्त्रको लागि संघर्ष गरौं।

राणा शासनको अन्तय पछि देशमा प्रजातन्त्र आयो तर प्रजातन्त्रमा आ-आफ्नो भागबन्डा अस्पस्ट रूपमा नमिलेका कारण लोकतान्त्रिक गणतन्त्र शासन ब्यबस्था सोझा नेपाली माथी बिदेशी को इसारा र सहारामा लादिएको कुरा आज आम नेपाली सम्म पुगिसकेको छ।

नेपालको संविधान २०७२ जारी गर्दा देशको विभिन्न भागमा आदिवासी जनजाती, दलित, थारु, मधेसी लगायत अल्पसंख्यकको संविधान विरुद्धको आन्दोलन जारी थियो तर बहुमत र बन्दुकको बलमा आम नेपालीको भावना र अधिकारलाई थाती राख्दै संविधान जारी भयो। आन्दोलनमा धेरै सहिद र घाइते भए तर नेपाल सरकार जनता सामू झुक्न तयार भएन। लोकतान्त्रिक गणतन्त्रमा सरकारले जनतालाइ शान्तपार्न बन्दुकलाई नै साध्य बनाए। त्यस्तो लामो शान्तिपुर्न आन्दोलन अरु देशमा भएको भए देशको भूगोल नै परिवर्तन हुन्थ्यो होला तर नेपालमा केही भएन। सोझा जनतालाइ केबल बलीको बकरा बनाइयो। र आन्दोलनका अगुवाई गर्नेहरू केहिदिनका लागि मात्र नेपाल सरकारको बिरोध गरे र चुपचाप आम निर्वाचनमा भाग लिए। चुनावमा भाग नलिए आन्दोलनको निरन्तरता हुन्थ्यो र सहिदको सपना पक्कै सकार हुन्थ्यो तर आफ्नो साख र पकर टिकाउन मात्र चुनाबमा भाग लिए। कोहि मन्त्री बने र कोहि मन्त्री बन्ने बाटो तयार गर्दैछन। आखिरमा सबै मिलेर नै यो लूटतान्त्रिक ब्यबस्थामा मलजल गरिरहेका छन। सबै मिलेर नै यो भ्रष्ट ब्यबस्थालाइ पाल्न थालिसकेका छन। र आ- आफ्नो ठाउँ र पकरको अनुसार लूट्नमा मस्त छन। केन्द्र देखि स्थानीय तह सम्म बास्तबमा लूट नै मचेको छ।

अब प्रश्न छ, हामी कतिदिन अरु लूटिने होला? कति सहादत दिने? कति आन्दोलन गर्ने?र किन पटक पटक आन्दोलन गर्ने? के यो लूटतन्त्रको बिकल्प र समाधान छैन? के यो भ्रष्टतन्त्रमा हामी न्याय पाउने हो?
पक्कै हैन। यो गणतन्त्र नेपालको माटो सुहाउँदो भएन। गणतान्त्रिक नेपालको संविधानले सबैलाई समेटेन। यस्को विभिन्न धारा र उपधाराहरु आपतिजनक छन। देशले यो सरेको संघीयताको भार खेप्न सकिरहेको छैन। मनपरी कर भयो। धर्मनिरिपेक्षताको नाउँमा बिदेशी धर्म र संस्कृति थुप्रैदै छ र सरकार दर्शक बनेको छ।

हाम्रो धर्म, संस्कृति र पहिचान नै सखाप हुन लागेको छ। नेपाल र नेपालीको गौरब नै सकिनै लागेको छ। पटकपटकको आन्दोलन र अस्थिरताले हामी आधुनिक युगमा पनि सदियौं पछाडी परेका छौ। उत्पादनको भन्डार भएर पनि हामी भोकै बस्न बाध्य छौ। जिविका चलाउन बिदेशी भूमि नै पुग्ने बाध्यता छ। कमिसनमा सरकारी तन्त्र नै डुबेको छ। बिकास त नारामा मात्र सिमित छ। शिक्षा स्तरहिन हुन पुगिसकेको छ। र शिक्षा माथिको बढ्दो करले त अब हामी गरिब शिक्षाबाट नै बन्चित हुन पुगेका छौ। महिला माथिको हिंसा अन्त्य हुने स्थिति छैन। समाजिक न्याय मरिसकेको छ र अराजकता मौलाउदै छ। समग्रमा हाम्रो प्रगति नै गतिहीन बनिसकेको छ।

त्यसैले नेपालमा माटो सुहाउँदो उत्तम शासन ब्यबस्थाको लागि संघर्ष गरौं। जनतन्त्रको लागि संघर्ष गरौं। जहाँ सबैलाई सम्मान र न्याय होस। कुनै विभेद न होस र अधिकार तथा न्यायको लागि पटकपटक सडकमा आउन नपरोस। सरकार जनता प्रति उत्तरदायी होस।कोहि जिबिका चलाउनको लागि मात्र बिदेश पुग्न न परोस। र नोकरी र ब्यापार गर्न कसैलाई घुस दुनु न परोस। जहाँ शिक्षा, स्वास्थ लगायतका अधारभूत आवश्यकता सबैका लागि निशुल्क होस। र हाम्रो समाजिक, आर्थिक, राजनीतिक, धार्मिक र सांस्कृतिक प्रगतिमा कुनै बाधा अबरोध न होस।

संघर्ष नै जीवन हो। संघर्षले नै संसारमा उत्तम ब्यबस्था आएको छ। हिटलरहरु परास्त भएको छ र शान्ति तथा समृद्धि आएको छ। अहिले देश र जनता नै संकटमा छन। जताततै लूट छ र पहुँचवालाको छुट छ। त्यसैले अन्तिम पटकको शान्तिपुर्न संघर्षको लागि तयार होऔं। रास्ट्र नै संकटमा रहेको बेला संघर्ष गर्नै पर्छ। रास्ट्र बचाउनै पर्छ। जनतन्त्र ल्याउनै पर्छ।

जय क्रान्ति !!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय