सिरहा । सिरहा जिल्लाको धनगढिमाई नगरपालिका वडा न.६ मोथियाहीमा मामाको खुकिरी प्रहार बाट बहिनी, जोयाँइ र भान्जा,भान्जी सहित घाईते भएका छन ।

एउटै गाउँमा सँगै टाँसिएर रहेको बहिनि र मामाको घर, भान्जीले मामाको आँगन गल्लि हुदै गएको निहुँमा भएको बिवादमा मामा र मामाको छोराहरुले अनावश्यक रुपले खुकुरी प्रहार गरे पछि बहिनी, जोयाँइ र भान्जा,भान्जी शख्त घाइते भएका छन ।

धनगढीमाइ नपा वडा ६ मोथियाही बस्ने अन्दाजि वर्ष ५० को राम अशिष यादव र छोराहरु राम बहादुर यादव शुलिन्दर यादव र राम किशोर यादवले आफनो आँगन बाट गएकै निहुँमा एकासि ईँटा,लठि र खुकुरी प्रहार गर्नु घटना शुनियोजित तरिकाले गरिएको पिडित रामजिवन यादवले बताए ।

पिडित घाइतेहरुको उपचार सिरहाको गोलबजार स्थित भुमिजा अस्पतालमा भैरहेको छ भने घाइते शुशिला यादवकी टाउको मा २७ वटा टाँका,मगंली देवि यादवकी बायाँ खुटा भाँचेको,६५ वर्षिय राम जिवन यादवको दाहिने हात र छातिको हडि भाँचेको र २५ वर्षिय मनोज यादवलाई हात खुटामा चोट र निलडाम रहेको उपचाररत अस्पतालका चिकित्सकले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय