धनुषा

धनाैजी गाउँपालिका वडा न. २ मा युवा नेता मिश्रको अगुवाईमा शुभकामना आदान–प्रदान कार्यक्रम सप्पन्न

By हाम्रो जनकपुर डेस्क

October 01, 2022

जनकपुरधाम । धनुषाको धनाैजी गाउँपालिका वडा न. २ धनौजीमा लाेसपाको युवा नेताको अगुवाईमा कार्यकर्ताहरुले शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम गरेका छन् ।

बडा दशै, दिपावली तथा छ्ठ पर्वको अवसरमा धनाैजी गाउँपालिका २ का वडा सदस्य युवा नेता रोशन मिश्रले शुभकामना आदान–प्रदान तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । जनसमुदायकै साथमा भेटघाट र घरदैलो कार्यक्रम गरी महान पर्व दशै दिपावली तथा छ्ठको शुभकामना व्यक्त गरीएको छ ।

कार्यक्रममा लाेसपाका युवा नेता रोशन मिश्र र वडा सदस्य लगायत जिल्ला सद्स्य र स्थानिय बासीहरुको समेत सहभागीता रहेको थियो ।