जनकपुरधाम, १४ फाल्गुन। धनुषाको शहिदनगर नगरपालिकामा समाजवादी पार्टीले कार्यालय संचालनमा ल्याएको छ ।
विसु अभियान अन्तर्गत समाजवादी पार्टीले कार्यालयको स्थापना गरेको हो।

आज बुधबार शहिदनगर नगरपालिका वडा नं.१ बलाबाखरको कुमकरण टोलमा नगर पार्टी कार्यालयको उद्घाटन विसु अभियानका धनुषा संयोजक तथा सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाको प्रमुख अतिथिमा भएको छ। नगर अध्यक्ष दिनेश यादवको अध्यक्षतामा भएको पार्टी कार्यालय उद्घाटनमा बोल्दै सांसद अरगरियाले संगठन चुस्त दुरुस्त बनाउनेमा जोड दिए ।

धनुषाको शहिदनगर नगरपालिकाको कुमकरणमा आज पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण विसु अभियान अन्तर्गत नगर स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सरकारले पटक पटक संविधान संशोधन गर्ने आश्वासन दिएर पनि संविधान संशोधन गर्न नसकेपछि संविधान संशोधनका लागि दवाब दिने उदेश्यका साथ पार्टीलाई नयाँ ढंगबाट अगाडी बढाउन समाजवादी पार्टीले देश भरि संगठन बिस्तार तथा सुदृढीकरण अभियान संचालन गरेको छ ।

समाजवादी पार्टी धनुषाले शहिदनगरको कुमकरणमा आज आयोजना गरिएको नगर स्तरीय अभिमुखिकरण र पार्टीको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा विसु अभियानका जिल्ला संयोजक एवं निर्वाचन क्षेत्र नं.२ धनुषा सांसद उमाशंकर अरगरियाले देशमा अब नयाँ ढंगबाट अगाडि बढन र पार्टीलाई बैकल्पिक शक्तिको रूपमा निर्माण गर्नको लागि संगठन बिस्तार तथा सुदृढीकरण अभियान संचालन गरेको बताएका छन ।

सांसद अरगरियाले जनताको काम इमानदारीताका साथ गरिदिन नगरका नेताहरुसंग आग्रह समेत गरे । उनले मधेसी जनताको हकअधिकारका लागी संविधान संशोधन गराउन संघर्ष समेत जारी रहेकाले पनि संगठन निर्माणमा बिशेष ध्यान दिन स्थानीय नेताहरु संग आग्रह गरे ।
यस्तै सोही कार्यक्रममा लोकतान्त्रिक प्रतिस्पर्धात्मक दलीय व्यवस्थामा बैकल्पिक शक्ति निर्माणको लागि समाजवादी पार्टीलाई देशकै शक्तिशाली एवम् सबभन्दा ठुलो पार्टी बनाउने उदेश्यका साथ पार्टीले संगठन बिस्तार तथा सुदृढीकरण शुरु गरेको पार्टीका केन्द्रीय सदस्य एवं क्षेत्र नं.२ का विसु अभियानका अभियन्ता अरुण सिंह मण्डलले बताएका हुन् ।

समाजवादी पार्टीका धनुषा जिल्ला समन्वय समिति अध्यक्ष पशुपति यादवले समाजवादी पार्टीले लिएको लक्ष्य पूरा हुने वितिकै समाजवादीलाई देशकै सबै भन्दा ठुलो दल बन्न बाट कसैले रोक्न नसक्ने जिल्ला अध्यक्ष यादवले ठोकुवा गर्नु भयो । पार्टीले मधेशवादको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्मको मुद्दाको रूपमा लोकतान्त्रिक समाजवाद र समान्तवादको नयाँ एजेन्डा उठाएको बताउदै यादवले पार्टीले लिएको लक्ष्यलाई पूरा गर्न सम्पुर्ण समाजवादी पार्टी लाई समृद्ध र शक्तिशाली पार्टी बनाउने लक्ष्य उदेश्यको साथ अघि बढ्न लागेकोलागि गम्भीर भएर लाग्न आग्रह गरे ।

बैठकमा केन्द्रीय सदस्य अरुण सिंह ,बिशिस्ट अतिथि प्रदेश सांसद राम अशिष यादव ,प्रदेश सांसद शैलेन्द्र कुमार यादव,विजय भगत , विनोद रोहिता , उमेश निराला , प्रमोद अधिकारी , नगर अध्यक्ष दिनेश यादव ,उपेन्द्र ठाकुर , फुलगेन यादव लगायत शहिदनगर नगरपालिका अन्तर्गत सबै वडा अध्यक्षलगायत पदाधिकारी एवं विभिन्न भातृ संगठनका अगुवा नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

यस्तै सोही कार्यक्रममा शहिदनगर वडा नं.१ कुमकरणको नेकपा पार्टी परित्याग गर्ने हरु भोला यादव ,राम कृपाल महतो ,राजु मण्डल ,दिपेन्द्र मण्डल ,धिरज मण्डल ,गुरुदयाल मण्डल ,दुर्योधन यादव ,नरेश यादव ,देव शंकर यादव ,मिन्टु यादव ,गिरजा राय ,उपेन्द्र यादव ,सबिन्द्र यादव , राज कुमार राय (राजा) जिवछ राय, ज्ञान कुमार यादव , र नेपाली कांग्रेस पार्टी परित्याग गरि राजेन्द्र यादव ,सन्तोष यादव लगायतका नेताकार्यकर्ताहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई सांसद अरगरिया र प्रदेश सांसद यादवले फुल माला,अविर लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय