अन्य

आचारसंहिता विपरित धनुषाधाम बजारको पार्क राजनीतिक दलको झण्डाले भरिभराउ

By दिवेश कुमार महतो

May 01, 2022

 

दिवेश क्रान्ति कुशवाहा, वैशाख १८ गते।

निर्वाचन आयोगले कुनै पनि सार्वजनिक स्थानमा कुनै पनि राजनीतिक दलको झण्डा राख्न नपाइने निमय लगाएको छ । तर धनुषाको धनुषाधामस्थित सडकको बिचमा रहेको पार्कमा भने निर्वाचन आचारसंहिता विपरित विभिन्न राजनीतिक दलको चुनाव चिन्ह् अङ्कित झण्डा राखिएको पाइएको छ ।

धनुषाधाम नगरपालिका को सदरमुकाम रहेको धनुषाधाम बजार क्षेत्र र धार्मिक पर्यटकीय स्थल बोकेको धनुषाधाम को पार्कमा नेपालका प्रमुख राजनीतिक दल जस्तै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी लगायत नेपालका प्रमुख राजनीतिक दलका चुनाव चिन्ह् अङ्कित झण्डा झुण्डियाएको छ ।

 

निर्वाचन आचारसंहिता अनुसार विद्यालय, मन्दिरलगायत सार्वजनिक स्थानमा पार्टीको झण्डा राख्न नपाइने उल्लेख रहेको छ।

निर्वाचन आचारसंहितामा राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह प्रयोग गर्न भनिएको छ । तर धनुषाको धनुषाधामस्थित ठ्याक्कै यसको विपरीत देखिएको छ। त्यहाँ एउटा बजार क्षेत्र मात्र नभएर नेपालको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ठाउँ हो धनुषाधाम तर त्यहाँ सार्वजनिक स्थलहरुमै विभिन्न राजनितिक दलका झण्डाहरुले धनुषाधाम बजार क्षेत्र राजनितिक दलको झण्डाले घिनिएको कुरा एक व्यक्तिले जिकिर गरे। उनका अनुसार यहाँ जो कोई पनि बाहिर को आयो भने झण्डा को लहर र झण्डाको माला देखेर आश्चर्य चकित हुन्छ। जुन पार्टीको झण्डाको बहुमत बढि हुन्छ त्यहि पार्टीको अड्डा धनुषाधाम रहेको आकलन गर्न सकिन्छ त्यसैले सार्वजानिक स्थलमा पार्टीको झण्डा झुण्डिएर करुप क्षेत्र बनाउन पाउदैन भनेर आक्रोश व्यक्त गरे।

 

यदी पार्टी र चुनाव चिन्हको झण्डा एउटा भन्दा बढी प्रयोग गरेको पाइएमा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै उम्मेदवारलाई कारबाही गर्ने नियम रहेको छ । यस्तै निर्वाचन सम्बन्धी दलको भेला, कार्यक्रम, जुलुसमा दलको झण्डा, चिन्ह अंकित झोला, क्याप, गम्झा, मास्क लगायत प्रयोग गरेमा सम्बन्धित ब्यक्ति नै कारवाहीमा पर्नेसम्मको नियम रहेको निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ ।