ठुला नेता तथा सांसदहरु एकपछि अर्को गर्दै गम्भीर फौजदारी अभियोगमा मुछिइरहेका बेला तत्कालीन माओवादीका मन्त्री एवं हालका सांसद प्रभु साह पनि एक हत्याकाण्डमा मुछिएका छन् ।
कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा कात्तिक ४ गते सोमबार अन्तर्वार्ता दिँदै पूर्व डिआइजी रमेश खरेलले वीरगन्जमा हिन्दु अभियन्ता काशिनाथ तिवारीको हत्यामा तत्कालीन मन्त्री प्रभु साहको हात रहेको खुलासा गरेका हुन् । खरेल त्यति बेला पर्सा प्रहरीको प्रमुख थिए । उनले अनुसन्धानले तत्कालीन मन्त्री प्रभु साहकै संलग्नता देखिएको नामै किटेर खुलासा गरेका हुन् । २०६७ असार १२ मा वीरगन्जको अशोक बाटिकामा गोली हानी विश्व हिन्दु महासङ्घ पर्साका अध्यक्ष तिवारीको हत्या भएको थियो । केही समयअघिमात्र तिवारीको नेतृत्वमा वीरगन्जमा माओवादी आमहड्तालको प्रतिकार भएको थियो । तिवारी नेतृत्वको जुलुसले माओवादीका कार्यकर्ताले खाना खाने मेसमा आक्रमण गरेर सामान तोडफोड गरेका थिए । वीरगन्जबाट सुरु भएको माओवादी आमहड्तालविरुद्धको प्रतिकार अन्यत्र पनि सरेको थियो । हत्याको साढे तीन वर्षपछि प्रमुख अभियुक्त सियारामप्रसाद कुशवाहा चितवनमा समातिएका थिए । सियाराम तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु शाहका स्वकीय सचिव थिए । तिवारी हत्याको पन्ध्र महिनापछि पर्सा प्रहरीले तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री शाहसमेतविरुद्ध अभियोजनपत्र तयार गरेको थियो । सोही कारण साहले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । राजीनामापछि राजनीतिक दबाबमा घटना सामसुम पारिएको थियो । साहविरुद्ध प्रहरीले तयार गरेको मुद्दा पर्सा महान्याधिवक्ताको कार्यालयले फिर्ता लिएको थियो । अन्य अभियुक्तविरुद्ध भने मुद्दा चलेको थियो । घटनाका एक अभियुक्तले प्रभु साहले नै गोली चलाउन लगाएको बयान दिएपछि पर्साका तत्कालीन प्रहरी प्रमुख रमेश खरेलले साहविरुद्ध पक्राउ पुर्जी जारी गरेका थिए । कान्तिपुरको फायरसाइडमा पूर्वडिआइजी खरेलले सो प्रकरणमा आफूले ठुलो राजनीतिक दबाब झेल्नु परेको स्मरण गरेका छन् । त्यसबखत आरोप सामसुम पार्न भूमिसुधार मन्त्रालयका एक सहसचिवमार्फत पैसा दिन खोजिएको पीडित परिवारले बताएका थिए । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक नगेन्द्र झाले आफूलाई ८ लाख रुपैयाँ दिएर हत्यारा नचिनेको भन्न लगाएको काशीकी पत्नी बबिता तिवारीले बताएकी थिइन् । सो प्रकरणमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले प्रहरी महानिरीक्षक रविन्द्रप्रताव शाह र एसपी रमेश खेललाई बालुवाटार बोलाएर प्रभु साहविरुद्धको मुद्दा फिर्ता लिन भनेको खबर सार्वजनिक भएको थियो । तर प्रक्रिया अघि बढेको भन्दै प्रहरी ब्याक हुन सकेको थिएन । पछि जिल्ला सरकारी वकिलको कार्यालयले साहबाहेक अरुविरुद्धमात्र कारबाही अघि बढाएको खबर पहिले नै सार्वजनिक भएको थियो । पूर्व डिआइजी खरेलले आफ्नो पुराना कामको विवरण खुलाएका मात्र हुन् । सरकारले काँग्रेस सांसद आफताद आलम आतंकविरुद्ध सरकारले कदम चाल्दा त्यस्तै अरू घटना पनि ब्युँतिन सक्छन् कि भन्ने अपेक्षा पनि केहीले गरेका छन् । · Read more at: https://nepalflash.com/news/836?fbclid=IwAR3UfOLFmPv7uBDDSRXst-C5hc8_mjG9jGc4DiW6dsXRxWSTp_XPb3ptX9Q

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय