काठमाडौं- प्रधानमन्त्रीको कुर्चीमा बस्न नैतिकता गुमाएको भन्दै चौतर्फी रूपमा प्रधानमन्त्री ओलीको राजिनामा माग गर्ने क्रम बढेको छ।

नेकपाकै केहि नेताहरूले समेत ओली प्रधानमन्त्रीको राजीनामा मागिसकेका छन् भने अन्य दलले पनि राजिनामा दिनुपर्ने भन्दै प्रदर्शन नै गर्न थालेका छन् ।

सोमबारप्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।

यादवले भनेका थिए “आफ्नै घरमा बसेर अनैतिक काम गर्ने भ्रष्टाचारीलाई संरक्षण दिएको विषय बाहिरिए लगत्तै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने ओलीलाई अब एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बसिरहन सुहाउँदैन” सोमबार धनुषाको कचुरीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, “देशकै प्रमुख कार्यकारी पदमा आसिन व्यक्तिले समान्य नैतिक आचरण पालना नगर्दा सिंगो मुलुकको बेइज्जत भइरहेको छ ।”

यस्तै नेपाली काङ्ग्रेसका नेता गगन थापाले पनि प्रधानमन्त्रीले नैतिक अधिकार गुमाइसकेकोले राजिनामा दिन आग्रह गरेका छन् ।

थापाले वर्तमान सरकार र मन्त्रीको दैनिक जसो सार्वजनिक हुने काण्डले प्रधान्मन्त्रीको कुर्सीमा बस्ने नैतिकता हराएको टिप्पनी गरे । उनले भने, ‘कति काण्ड उहाँसँगै छन्, कति अरूसँग भए’, उनले भने, ‘यसले पनि ओलीको पदमा बस्ने नैतिकता देखिँदैन ।’

यस्तै विवेकशील नेपाली दलले प्रधानमन्त्रीओलीको राजीनामा माग्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रधानमन्त्री ओलीको कार्यकालमा भ्रष्टाचारका धेरै काण्ड भएका र त्यसमा प्रधानमन्त्री निकट मान्छे नै जोडिने गरेको भन्दै विवेकशीलले राजीनामा मागेको हो।

केही दिन अघि तत्कालिन संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए। विवेकशीलले सो प्रकरणमा प्रधानमन्त्री ओलीसमेत मुछिएको आरोप लगाएको छ।

सो पार्टीले भ्रस्टाचारको भन्डाफोर गर्दै प्रधानमन्त्रीको राजीनामाका लागि थप दबाब दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय