जनकपुरधाम । धनुषा जिल्लाको जकनकनन्दनी गाउँपालिकामा एकै दिनमा मन्दिर र मदरसाको उद्घाटन गरिएको छ ।

जनकनन्दनी गाउँपलिका वडा नम्बर ३ महुवामा धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरियाले संसदीय कोषबाट सरस्वती भगवानकाे मन्दिर र मदरसा दारुल तौहिद अलसल्फियाका निर्माण गरिएको छ ।

मन्दिर र मदरसा दुबैको बिघटित प्रतिनिधीसभाका सांसद अरगरियाले उद्घाटन गरेकाे रहेछ ।

उद्घाटन गर्दै अरगरियाले समाजको माग अनुसार आफू अघि बढिरहने बताए । यस क्षेत्रको विकासका लागि आफू जहिल्यै पनि तत्पर रहने बताउँदै उनले सकारात्मक काममा सबैले सहयोग गर्नुपर्ने बताए ।

जनकनन्दनी गाउँपालिका ३ महुवाका सतन्जीव साहले दान गरेको जग्गामा सरस्वती मन्दिर निर्माण गरिएको छ । यो मन्दिरमा श्रीपञ्चमीको अवसर पारेर मंगलबार नै माता सरस्वतीको मूर्ती समेत स्थापना गरिएको छ ।

सरस्वती मन्दिर कुल रु १५ लाख र अमदरसा १३ लाख ५० हजारको लागतमा निर्माण गरिएको छ ।

मन्दिर र मदरसा उद्घाटनको अवसरमा स्थानीय बिभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय