जनकपुरधाम । प्रदेश नम्बर २ मा प्राविधिक शिक्षाको नाममा सामाजिक विकास मन्त्रालयद्वारा करोडौं रकम घोटाला गरिएको छ ।

कुनै पनि कार्यक्रम सञ्चालन गरिँदा त्यसको सार्वजनिक सूचना वा आवेदन आह्वान गर्नुपर्ने हुन्छ । तर, प्राविधिक शिक्षा सञ्चालनका लागि भन्दै सामाजिक विकास मन्त्रालयद्वारा सोझै प्रदेशका आठ जिल्लाका ६४ विद्यालयलाई छनौट गरी रकम बाँडिएको छ ।

प्रतिविद्यालय २५ लाख रुपैयाँका दरले १६ करोड रुपैयाँ विभिन्न शीर्षकमा भुक्तानी समेत गरियो । तर, भुक्तानी गरिएको रकम उल्लेखित भएको शीर्षकमा खर्च भए नभएको अनुगमन समेत नगरी विद्यालयबाट कमिसन पाएकै आधारमा निकासा गरिएको कर्मचारी बताउँछन् ।

सीप विकास तथा जनचेतना तालिममा १८ महिने वा सोभन्दा बढीको टीएसएलसी प्रोगाम अन्तर्गत कम्प्युटर, कृषि, पशु, स्वास्थ्य लगायत अध्ययन गराउने प्राविधिक विद्यालयले अनुदान पाउनुपर्ने हो ।

तर, प्राविधिक शिक्षा अध्यापनको स्वीकृति समेत प्राप्त नगरेका विद्यालयलाई मनमौजी रकम बाँडिएको सम्बन्धित कर्मचारीले नै जानकारी गराएका छन् ।– अन्नपूर्ण पोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय