सर्लाही । सर्लाही जिल्लाकाे मलंगवा नगरपालिका एक वडाध्यक्षको सरकारी मोटरसाइकल चोरी भएको छ । मलङवा नगरपालिका वडा नम्बर २ का अध्यक्ष राम उजैन रायको ना–०१– ब २७४० नम्बरको सरकारी र ना-४३प ५७४८ निजी गरि २ वटा मोटरसाइकल चोरी भएको हो ।

मलंगवा स्थित उनको आफ्नै घर बाहिरबाट सोमवार मध्यरातमा मोटरसाइकल चोरी भएको बताइएको छ । सुतिरहेको बेला मध्यरातमा मोटरसाइकल चोरी भएको वडाध्यक्ष रायले जानकारी दिए ।

चोरी भएको मोटरसाइकल खोजिदिन उनले प्रहरी कार्यालयमा निवेदनका साथ जानकारी गराएको र मोटरसाइकल खोजीको कार्य तीव्र रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय