जनकपुरधाम । प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान छोरी बीमा कार्यक्रम बन्द भएको छ । प्रदेश सरकारले प्रभु बैंकसँगको सम्झौता अवधि सकिएपछि बीमा कार्यक्रम बन्द भएको हो ।

गएको वर्ष माघ महिनामा प्रदेश २ सरकारले बीमा कार्यक्रमलाई अभियानको रूपमा अगाडि बढाउँदै २० वर्षमा ३ लाख निक्षेप भुक्तानी हुने घोषणा गरेको थियो ।

प्रदेश सरकारले घोषणा गरे अनुसारको कार्यक्रम पूर्ण रुपमा बन्द भएको छ । कात्तिकदेखि जन्मेका छोरीहरूको बीमाका लागि दर्ता समेत गरिएको छैन । त्यसअघि साउनदेखि दर्ता भएका छोरीहरूको खाता खोलेर बैंकमा रकम दाखिला नगरिएको पाइएको छ ।

‘माघ महिनामा बीमाका लागि सञ्चालन गरिएको शिविरमा दर्ता भएका बेटीहरूको बीमाको रकम पठाइसकिएको छैन्’ कार्यक्रम संयोजक प्रियंका यादवले भनिन्, ‘दर्ता भएको कागजातहरू सबै स्थानीय तहमा रहेको छ । उनीहरूको अहिले सबै प्रकृया पूरा भइसकेको छैन ।’

‘हाल सम्म दुई चरणमा गरेर ७ हजार १ सय २९ जना बेटीको सबै प्रकृया पूरा गरी खातामा रकम जम्मा भइसकेको छ । ’

कात्तिक महिनादेखि दर्ताको काम नै रोकिएको उनले जनाइन् । शिविरबाट संकलित २६ हजार बेटीको प्रकृया पुरा नभएको बताउँदै उनले बैंक छनौटको प्रकृयालाइ अगाडि बढाइएको बताएकी छन् ।

प्रभु बैंकसितको सम्झौता रद्द भएको ७ महिना भइसक्दापनि अर्को बैंकसित सम्झौता गरिएको छैन । प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ अभियानलाई अत्यन्त महत्वका साथ प्रचारमा ल्याएपनि दुई वर्ष पनि निरन्तरता पाउन सकेन ।

२० वर्ष पछि बेटीलाई एकलाख भुक्तानी दिने कार्यक्रमबाट सुरु भएको योजनामा रकम तीन लाख पु¥याइएको छ । तर हाल सम्म ७ हजार बेटीको मात्र बिमारमुद्दतीमा रकम जम्मा भएको छ ।

नेपाल राष्ट्र बैंकमा दर्ता रहेका फाइनान्स कम्पनीहरू मार्फत मुद्दती बचतको कार्य गरे निर्धारित २० वर्षमा बैंकले दिने ब्याजभन्दा बढी रकम फाइनान्स कम्पनीले दिनेछ ।

बैंक भन्दा फाइनान्स कम्पनीको ब्याजदर बढी भएको र अधिकतम साढे ५ वर्षमा रकम दोब्बर हुने भएकाले बैंकको भन्दा फाइनान्स कम्पनीबाट बेटीले २० वर्षमा बढी रकम भुक्तानी पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय