जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासलाई समाजमा अश्लिलता फैलाएको आरोप लागेको छ ।

‘छौरी परहे खातिर अब लले पेन गे, तोरा लहँगामे जरौ ललटेन गें ’ बोलको गीतमा केही युवतीहरु नाचिरहेका छन् । त्यसमा केटाहरुको हुलले हुटिङ्ग गरिरहेका छन् ।

त्यसमा मेयर दासले मेयर सेल्फी खिच्दैं मस्ती गरिरहेका देखिन्छ । यस्तै भिडियो समाजिक संजाल फेस्बुक मार्फत प्राप्त भएको छ ।

मेयर दासले आफ्नै नगरपालिकाले आयोजना गरेको मेयर कप क्रिकेट प्रतियोगीताको समापन दिन खेलमा अश्लिल गीतमा रमाउदैं समाजका छोरीचेलीलाई होच्याएका छन् ।

युवतीहरुलाई अश्लिल गीतमा नाच्न लगाउँदै उनले सेल्फि खिचेको भिडियो भाइरल बनेको छ मेयर दासको भिडियो देखेर समाजिक संजालमा चर्को आलोचना भइरहेको देखिन्छ ।

यसअघि पटक पटक विवादित बन्दै आएका मेयर दास फेरि एक पटक अश्लिल गीतमा मस्ती गरेको सेल्फी लिएपछि विवादमा तानिएका छन् ।सभार टुडे पाटी

https://m.facebook.com/story.php?story_fbid=2757298307824481&id=100006330151395

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय