• मेवालाल यादव

राैतहट । जनमत पार्टी रौतहट जिल्लाको इशनाथ नगरपालिकाको -९ डुमरिया टोलमा प्रथम वडा अधिवेशन आज सम्पन्न गरेको छ।
जनमत पार्टी रौतहट जिल्लाको इशनाथ नगरपालिकाको -९ डुमरिया टोलमा भेलाको आयोजना गरि अधिवेशन गरेको पार्टीका नेता सचिन पटेलले आरोही टेलीभिजनलाई जानकारी दिए ।
उक्त अधिबेशन तथा भेलाबाट सचिन पटेलको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको पटेलले बताए।

कार्यक्रममा बोल्दै बाबु साहेबले भने,”मधेशको भविष्य जनमतबाट नै उज्वल हुनेछ, अब जनमत पार्टीले मात्र मधेसी जनताको अवाज र पिडालाई बुझेर पिडाबाट मुक्त गर्नेछ।” त्यस्तै कार्यक्रम मै बाबु साहेबले मधेशका युवाहरुलाई जनमत संग जुड्न अह्वान समेत गरेका छन ।
जिल्ला सचिव बिकाश कुमार यादवले जनमत पार्टी जेलनेलबाट जन्मेको पार्टी हो यो पार्टीले नै मधेशलाई अगाडी बढाउने निस्चित रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथी जनमत पार्टीका केन्द्रिय सदस्य बिरेन्द्र साहले मन्तब्य राख्ने क्रममा सर्वप्रथम नेकपा माथि खनिएका थिए । उनले भने नेपालका नेकपाले नै मधेशलाई गुलाम बनाएको र मधेशको बर्बादीमा नेकपाहरू कै मुख्य भुमिका रहेकोले अब त्यस्ता सोंचको पछाडी नलाग्न सम्पुर्ण सहभागी समक्ष अह्वान गरेका थिए ।
उनले भने,”मधेसी नेताहरूले मधेससंग गद्दारी गरेको हुँदा अबको बिकल्प जनमत पार्टी रहेको बताए । अब मधेसी जनता किसान, मजदुर, शिक्षक, युवा, वकिल तथा सम्पूर्ण वर्गलाई जनमत संग जुड्न आग्रह गरेका छन।
जनमत पार्टीका नेता सचिन पटेलको अध्यक्षतामा गरिएको उक्त भेला कार्यक्रमको प्रमुख अतिथि संस्थापक अरजुंन कुशवाहा , सो कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय बिरेन्द्र साह , जिल्ला सचीव बिकास कुमार यादव, जनमत सस्कृति संघको केन्द्रिय सदस्य सचिन पटेल, राजपुर नगरपालिकाको अध्यक्ष बाबु साहेब, मुसलिम जनमत संघको जिल्ला अध्यक्ष साह आलम, चिकित्सक जनमत संघको डा. सुबान्श कुशवाह, राजपुर नगरपालिकाको उपमेयर उमेदवार सकिना खातुन जनमत पार्टीको, बिभिन्न् लगायत अन्य दर्जनौं नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा विभिन्न पार्टीका नेताहरुले पुर्व पार्टी परित्याग गरि सयौंको संख्यामा जनमत पार्टीमा प्रवेश गरेका केन्द्रिय सदस्य पटेलले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय