जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठन विद्यार्थी जनमत संघले वर्तमान राजनीतिक परिस्थिति बारे छलफल गरेको छ।जनकपुरधाममा आयोजना भएको छलफलमा विभिन्न राजनीतिक आन्दोलनमा विद्यार्थीहरु प्रयोग हुने तर उपलब्धी नहुने लगायतका विषयमा छलफल भएको संघका केन्द्रीय अध्यक्ष पोषण यादवले बताए ।वर्तमान राजनीतिक परिस्थितिलगायतका विषयमा धनुषा जिल्लाका विद्यार्थीहरु भेला भई छलफल गरिएको थियो।छलफलको अध्यक्षता विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विजय यादवले गरेका थिए भने प्रमुख अतिथि केन्द्रीय अध्यक्ष पोषण यादव थिए। केन्द्रीय सदस्य नविन पंडित लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय