काठमाडौं । प्रधानमन्त्री केपी ओलीको समर्थनमा शनिबार काठमाडौंमा धोती जुलुस निकालिएको छ । ओली समूहको पक्षको युवा संघले शनिबार काठमाडौंमा निकालेको र्‍यालीमा धोती जुलुस निकालिएको हो ।

ओलीले गरेको प्रतिनिधिसभा विघटनका पक्षमा उक्त जुलुसले समर्थन जनाएका थिए । ओली पक्षका नेता महेश बस्नेतलगायत सहभागि जुलुसमा ‘धोती, कुर्ता,गम्छा मधेशीका शान, केपी ओली हमनी सबके जान’ भन्ने नाराका लगाइएको थियो । जुलुसका सहभागीले धोती, कुर्ता र गम्छा पहिरिएका थिए ।

ओलीको पक्षमा स्वस्पुर्त जुलुस निकालिएको नेता महेश बस्नेतले बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले सम्पूर्ण युवाको नेतृत्व गरेको उनले बताए । ओलीको समर्थनमा धोती जुलुसका साथसाथै बाइक र्‍याली पनि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय