तस्बीरः शम्भू पंडित,

शम्भू पंडित/ जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ का सांसद एवं जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले झण्डै एक वर्षदेखि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको फोन उठाउन छाडेका छन्।धेरै दिन पछि भेटाए व्यबहार सुधाराै वरिष्ठ नेता महताेकाे भनाइ ।

आकलझुकल कुनै कार्यक्रममा भेटे पनि महतोले लालकिशोरसँग बोल्न रुचाउँदैनन्।

शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको साधारण सभामा महतो प्रमुख अतिथि थिए। लालकिशोर पनि कार्यक्रममा सहभागी भए।

कार्यक्रम भरी लालकिशोरले महतोसँग तीन पटक बोल्न खोजे तर महतोले ‘हुँ हुँ’ भन्दै तीनै पटक लालकिशोरसँग बोल्न चाहेनन्।

कार्यक्रमको अन्त्यमा महतोको मन्त्व्य दिने पालो आयो। जहाँ महतोले सम्पूर्ण ब्यवापारी र विशिष्ट व्यक्तिहरुकै अगाडि मञ्चबाटै लालकिशोरको क्लास लिन थाले।

‘जनतासँगको ब्यवहारमा सुधार ल्याउनस्। जनकपुरधामका जनता तपाईसँग खुशी छैनन्।’ लालकिशोरको क्लास लिदै महतोले भने,‘उपमहानगरपालिकाको दमकल किन बिगारेर राखेको? आगलागी हुन्छ जनताको सबै चिज जल्न दिने?’
महतो त्यती मै रोकिएनन्।

उनले भने,‘जनकपुरधामको सरसफाइमा ध्यान दिनुस्। मैले दिएको ब्रुमर(सडक सफा गर्ने मेसिन) किन चल्दैन? विगारेर राख्ने अनी सहरलाई फोहर हुन दिने?’

उपमहानगरपालिकालाई उपलब्ध गराइएको ब्रुमर नचलाई लालकिशोरले बेलाबखतमा झाडु लिएर फोटो खिचाउने गरेको प्रति यसअघि पनि समाजिक सञ्जालमा आलोचना भएको थियो।

शनिबार महतोले लालकिशोरको क्लास लिइरहँदा उद्योगी व्यापारीहरु खुशी हुँदै हलभित्र चर्को ताली बजाउँदै थिए।

‘बात ब्यवहारमा ध्यान दिनुस्। जति बजेट छ त्यसको सदुपयोग गर्नुस्।’ लालकिशोरलाई सचेत गराउँदै महतोले भने,‘जनकपुरधामका सर्वसाधारण र व्यापारीहरुको भावनालाई बुझेर काम गर्नुस्।’

महतोले क्लास लिनु अघि नै साधारण सभाको स्वागत मन्त्व्य मै उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जीतेन्द्र प्रसाद साहले लालकिशोरलाई पूर्ण असफल रहेको बताएका थिए।

‘मेयर असफल भयो। जनकपुरधामको मुख्य केन्द्रविन्दु जानकी मन्दिर नै अतिक्रमण भएको छ। यसको मुख्य दोषी मेयर हो।’ उपाध्यक्ष साहले भने,‘व्यापारीको पसल जल्यो बारुण यन्त्र खोइ?’

मेयर लालकिशोरले जनकपुरधामका ब्यापारीहरुका लागि केही गर्न नसकी पूर्ण असफल भएको उनले दाबी गरे।

जनकपुरधामका ब्यापारीहरुले मेयर लालकिशोरको बेइजती त्यती मै सिमित राखेनन्। वाणिज्य संघको जिर्णोधार गरिएको राजर्षी हलको शिला लेखबाट पनि लालकिशोरको नाम नै आउट गरिदिएका छन्।

हल जिर्णोधारका लागि आर्थिक सहयोग गरेका संघीय सांसद महतो र प्रदेश सांसदको नाम उल्लेख गरिएको छ तर आर्थिक सहयोग गरेका मेयर लालकिशोरको नाम आउट गरिएको छ।

किन बिग्रियो महतो र लालकिशोरको सम्बन्ध?

लालकिशोर साह मेयर भएपछि नीतिगत र आर्थिक भ्रष्टाचारमा लागेको गुनासो महतोलाई जान थाल्यो।

लालकिशोरले ठूलो कमिसनका आधारमा काम गरिरहेको भन्दै जसपाकै नेताहरुले महतोलाई उजुरी गर्न थालेका थिए। महतोले लालकिशोरलाई सचेत गराएको स्रोतको भनाई छ।

तर, लालकिशोरले चुनावमा आफू महतोभन्दा बढी मत ल्याएको र अब आफू नै संसदको चुनाव लड्ने भन्दै अभिव्यक्ति दिन थालेका थिए।

यहाँसम्म कि जनकपुरधाम प्रवेशका लागि मुजेलियामा बन्न लागेको शहीद गेटको शिलान्यास कार्यक्रमको बारे महतोलाई लालकिशोरले जानकारीसमेत दिएनन्। चुनावताका उक्त गेट बनाउने प्रतिबद्धता महतोले नै गरेका थिए।

महतोसँग बोलचाल बन्द भएपछि आगामी संसदीय चुनावमा नेकपाबाट संसदीय चुनाव लड्ने तयारी लालकिशोरले गरेका थिए। तर, अब नेकपाबाट पनि उनी टिकट नपाउने भएपछि पुनः जसपामै साँठगाँठ बढाउन थालेका छन् ।

लालकिशोरलाई लकडाउनमा चिठ्ठाः काठमाडौंमा दुईटा घर

मेयर लालकिशोर निकट स्रोतका अनुसार कोरोना महामारीका क्रममा लगाइएको लकडाउनमा उनले काठमाडौंमा घर खरिद गरेका छन्।

लकडाउनमा केही सस्तोमा खरिद गरिएको उक्त घर छोरीको नाममा राखिएको स्रोतको दाबी छ। त्यसअघि मेयरमा निर्वाचित भएको करिब एक वर्षपछि लालकिशोरले काठमाडौंमा अर्को घर खरिद गरेका थिए।

लकडाउनको क्रममा उनी झण्डै एक महिना काठमाडौं बस्दा नयाँ घरबाटै पार्टीमा नयाँ जिम्मेवारी पाउन कसरत गरेका थिए। तर, लालकिशोरले आफू कुनै घर खरिद नगरेको दाबी गर्छन्।

तत्कालिन राजपामा प्रवक्ता रहेका लालकिशोर कार्यकारिणी समितिमा जान निकै प्रयास गरेका थिए।

तर, लालकिशोर जनकपुरधाम उपमहानगरपालिकाको विद्युतीय बल्ब खरिदलगायतको भ्रष्टाचारमा मुछिएका छन्।

जनकपुरधामबाट प्रकाशित हुने एक अखबारको बजारमा नजाने पृष्ठमा टेन्डरको विज्ञापन गरी करोडौंको भ्रष्टाचार गरेको प्रमाण जसपा पार्टी कार्यालयमा पुगेपछि लालकिशोरको पद घटुवा भएको हो। र, लालकिशोरलाई हाल जसपाको ठूलो संख्याको केन्द्रीय सदस्य बनाइएको छ।हुलाकी न्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय