जनकपुरधाम । जनकपुर उद्योग वाणिज्य संघको ५४औँ साधारणसभाको उदघाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै महतोले वर्तमान संविधान एक त मधेशी जनताको रगतबाट सिंचित नै थियो त्यस माथी प्रधानमन्त्री ओलीले सो संविधानमाथी पनि अतिक्रमण गरेको आरोप लगाए ।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले रक्तरंजित संविधान माथी आक्रमण गरेको आरोप लगाएका छन् ।

तत्कालिन एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी मिलेर मधेशी जनताको बलि दिएर तयार पारेको संविधानमाथी समेत आक्रमण गर्न प्रधानमन्त्री ओली पछाडी नपरेको महतोको भनाई थियो । उनले भने ‘रक्तरञ्जित संविधानलााई टेकेर बनेको जनप्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभालाई प्रधानमन्त्री ओलीले आफ्नो कुर्सी खतरामा रहेको देखेर अकाल मृत्युको घोषणा गरेका छन् ।

अगाडी भने ‘प्रधानमन्त्री ओलीले मधेशीहरुको रगतबाट सिंचित संविधानलाई पनि छोडेनन् ।’ प्रधानमन्त्री ओलीले देशमा धेरै विकास भएको दिदै आएको अभिव्यक्ति तर्फ इंगित गर्दै महतोले प्रधानमन्त्रीलाई जनताको अधिकार खोस्न, प्रतिगमन गर्नबाट फुर्सद भए पो देशमा विकास निर्माणका कार्यहरु हुन्छ बताए ।

उनले भने ‘ओलीजी रेल ल्याएको दावी गर्दै छन्, खोइ गुडेको, जनताको अधिकार खोस्नबाट फुर्सद भएपो रेल गुडाउन तर्फ ध्यान जान्छ ।’ एक अर्को प्रसंगमा नेता महतोले प्रदेश २को स्थायी राजधानी बन्ने पहिलो अधिकार जनकपुरधामसंग रहेको बताए । उनले जनकपुरधाम प्रदेश २को मात्र नभई देशकै धार्मिक तथा सांस्कृति नगरी जनकपुरधाम रहेकोले राजधानी बन्ने पूर्ण सम्भावना जनकपुरधामसंग रहेको बताए । उनले भने ‘राजधानीको निक्र्यौल प्रदेशसभाले गर्नेछ, त्यसैले प्रदेशसभालाई आग्रह गर्न चाहन्छु छिटो भन्दा छिटो जनकपुरधामलाई प्रदेश २को स्थायी राजधानी बनाउन पहल होस ।’ उनले यसका लागि जनकपुरधामको उद्योग कलकारखाना तथा भौतिक पूर्वाधारको विकास तर्फ ध्यान दिनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय