जनकपुरधाम । बाल विवाह र यसले कानूनी पहिचानमा पारेका असर (सर्वेक्षण प्रतिवेदन–२०७७) सेफ नेपालले शहिदनगर नगरपालिकाका मेयरलाई हस्तान्तरण गरेका छन् । एक कार्यक्रममा सेफ नेपालका अध्यक्ष राम प्रमेश मण्डलले शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवलाई सो प्रतिवेदन हस्तारन्तरण गरेका हुन ।

आज बाल विवाह तथा कानूनी पहिचान विषयक संवाद कार्यक्रम पनि यदुकुहामा सम्पन्न भएको छ । कार्यक्रममा शहिदनगर नगरपालिकामा रहेका ९ वटै वडाबाट युवा क्लव, समाजिक संघसंस्था, युवाहरु, बुद्धिजीवि र जनप्रतिनिधीको उपस्थितिमा बाल विवाह र यसले कानूनी पहिचानमा पारेका असरको बारेमा सर्वेक्षण प्रतिवेदन–२०७७ सेफ नेपालका अध्यक्ष रामप्रमेश मण्डलले प्रस्तुत गरेका थिए । शहिदनगर नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा बाल विवाहको वस्तुगत अवस्था वारे स्वयं सेवक खटाएर सर्बेक्षण गरिएको थियो ।

१४ देखि १९ वर्ष समुहका किशोरीहरुको ८०.८७ प्रतिशत बाल विवाह भइरहेको उक्त प्रतिवेदनले देखाएको छ । गरिवीको रेखामा मुनि रहेका, दलित समुदाय, अशिक्षित वर्ग समुदायमा यो बाल विवाहको समस्या बढि मात्रा रहेको प्रतिवेदन देखाएका छन् । मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ अभियान र छोरी विमाको वारेमा पनि ५७ पतिशत मानिसहरुलाई मात्र जानकारको रहेको यस प्रतिवेदनले देखाएको छ । बाल विवाहले आमा र बच्चा दुवैमा शारिरिक असर हुने गरेको, बढी संख्यामा बच्चा हुने गरेको, शिक्षाबाट बन्चित हुनु परेको, विवाहदर्ता नागरिकता र बच्चाको जन्मदर्ताको समस्या तथा सरकारी सेवा सुविधबाट बन्चित हुनु परेको प्रतिवेदनले देखाएका छन् । २० वर्षको कानून आए पनि बिचमै केटा केटीहरु भाग्ने, बडी दाइजो दिनु पर्ने कारणहरुले पनि बाल विवाह बढि मात्रा हुने गरेका क्लवका पदाधिकारीहरु र वक्ताहरुले बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज श्रवन बरबरिया यादवले सेफ नेपालले प्रस्तुत गरेका बाल विवाह सम्बन्धी समस्या तथा डाटाले बाल विवाहको समस्या बिकराल रहेकोले स्थानीय सरकारले जनचेतनामुलक कार्यक्रमहरु गरिनु पर्ने तथा सेफ नेपाल लगायतका समाजिक संस्थाहरुले पनि यस प्रकारका चेतनामुलक कार्यक्रमहरु समाजमा गरिनु पर्ने आवश्यकता औल्याउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा शहिदनगर नगरपालिका मेयर उदय बरबरिया यादवले भन्नु भयो – यो नेपालकै समस्या हो तर जसरी शहिदनगर नगरपालिकामा बाल विवाह धेरै नै हुने गरेको तथ्यांक आज सार्वजानिक भएको छ । सेफ नेपालले नगरपालिकालाई यो प्रतिवेदन उपलब्ध गराएर हामीलाई सचेत बनाएको बताउनु भयो । तर बाल विवाहको घटना हुने गरेको सुचना पाउदा वडा अध्यक्षहरुलाई भनेर रोक्न खोज्दा ती जनताहरुले जनप्रतिनिधिहरुमाथि नै उल्टै खनिन्छ । किन बाल विवाह रोकायो भनेर । जनतालाई कानूनको वारेमा जानकारी छैन । समाजिक परम्पराले यहिले पनि जडा गाडेको बताउनु भयो । जे भएपनि बाल विवाह समाजिक र कानूनी अपराध हो । यसलाई रोक्न कार्यपालिकाबाट विशेष कार्यक्रम ल्याउने तथा सेफ नेपालसँग पनि सहकार्य गरि अगाडी बढने मेयर उदय बरबरिया यादवले प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा वडा अध्यक्षहरु तनुकलाल यादव, कन्हैया मुखिया, रामएकवाल मण्डल लगायत युवा क्लवहरु दिलिप मण्डल, पर्शुराम साह, धनेश्वर साह, राहुल मरिक, समाजसेवीहरु कुशेश्वर पासवान, मुक्ती साह, र स्वयंसेवकहरु धिरेन्द्र राम, जिवन महरा, प्रगास यादव, रामकुमार महरा, संतोष महरा, धर्मेन्द्र महरा, पवन महरा, नगरपालिकाका कर्मचारी दिलिप महरा लगायतका भव्य उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय