• दिवेश क्रान्ति कुशवाहा

धनुषा । जनकपुरधाम का युवा सुदिप कुमार झा जुन कि एक निजी खाध्य कम्पनी मार्केटिङ पेसामा आबद्ध हुनुहुन्छ । उनी कबिर बाल आझ्रम जनकपुरधामको शाखाको रुपमा निर्माण भईरहेको कवीर बाल आझ्रम हरिहरपुरमा सन्त सत्यनारायण आलोक लाई बाल आझ्रम का निम्ति सहयोग गर्दै आईरहेका छन् ।

समाजमा भईरहेको विकासका क्रियाकलापमा प्राय सहयोग गर्ने व्यक्ति कमै हुन्छ । कति राजनितिक बाटो सफल पार्नका निम्ति त कति मान्छे पाल्नका निम्ति सहयोग गरिरहेका हुन्छन् । लोभलालच नराखी स्वतन्त्र रूपमा सहयोग गर्ने व्यक्ति कमै हुन्छ तर जनकपुरका एक युवा सुदिप कुमार झा, आफ्नो तलबाट अनाथ आश्रममा नियमित मासिक सहयोग गर्दै आएका छन्।
उनको सहयोगी भावनालाई सबैले प्रशंसा गर्दै आएका छन्।

सुदिप कुमार झाले भन्छन – मैले मेरो दुई छाक भोजन को इच्छालाई त्यागेर दोस्रो मासिक बचत स्वरूप मेरा गुरुजी सत्यनारायण आलोक समक्ष केही बेसहाराहरुको निम्ति बुझाए । जुन मेरो लागि निकै सुखद हो ।

केही बेसहाराहरुलाई केही हदसम्म भए पनि भोकै सुत्न न परोस्, झा भन्छन- मैले मात्र खाएर पुग्दैन ,सबैले खान पाइयोस् भन्ने सोच छ मेरो , त्यसलाई नै पुर्णता दिन को निम्ति सहयोग गरे । खुशी महशुस भई रहेको छ।अत्यन्तै हर्षित छु।

हाम्रो समाजमा सहयोग गर्न धेरै नै असहज छ किन भन्दा सबलाई समर्थन मात्र चाहिन्छ । बिरोध गर्नुभएन तर मेरो के सिधाान्त छ भने समर्थन गर्न सक्ने जतिले बिरोध पनि गर्ने अधिकार पाइयोस् । यसरी सत्यको समर्थन गर्दा र असत्यको बिरोध गर्न पाउदा न्याय कहिले मर्दैन र सामजिक अपराधहरु बाट उन्मुक्ति पाउन सकिन्छ । सामाज बिकासको बाटो तर्फ उन्मुख हुन्छ ।

कुलत र कुसंहतको पछि न लागौं किनकि यसले हामीलाई कदापि महान बनाउदैन । बनाउछ केवल बेरोजगार र बिरामी त्यसैले युवा देशको भविष्य हो हामीले हाम्राे देश र सामाजको भविष्य उज्ज्वल बनाउनेतर्फ लागौं, झाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय