रौतहट ।नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल गुठ त्यागेर ओली गुठबाट शहरी विकासमन्त्री बनेका प्रभु साहले प्रचण्ड नक्कली कम्युनिष्ट भएको दावी गरेका छन् ।

पार्टीमाथि ‘कु’ गरेर आफ्ना कमरेडहरुको पिठ्युमा छुरा प्रहार गर्ने प्रचण्ड नक्कली कम्युनिष्ट भएका मन्त्री साहले बताएका हुन् ।

वीरगञ्जस्थति टाउन हलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली गुठद्वारा आयोजित प्रदेश स्तरीय भेललाई सम्बोधन गर्दै मन्त्री साहले षडयन्त्र पूर्वक आफ्नो हस्ताक्षर किर्ति गरेर प्रचण्ड-नेपाल समूहले दुरुपयोग गरेको आरोप लगाए ।

संसदीय दलको बैठकसमेत नबोलाएर पार्टीको विधि र विधान विपरित आफुलाई प्रधानमन्त्री बनाउँने लहडमा प्रचण्डले सबैसँग धोका गरेको मन्त्री साहले बताए । प्रधानमन्त्री ओलीमाथि महाअभियोग लगाएर नयाँ तरिकाले पार्टी निर्माण गर्ने प्रचण्डको कुरालाई साहले बैलले दुध दिने झैँ भएको बताए ।

‘असारमा मैले गरेको हस्ताक्षरलाई प्रधानमन्त्री केपी शर्मा ओलीमाथि महाअभियोग लगाउँन प्रचण्डले दुरुपयोग गरे,’ साहले भने, ‘यस्तो षडयन्त्र गर्ने व्यक्ति कम्युनिष्ट कसरी हुन् सक्छ? सक्कली कम्युनिष्टहरुले छल गर्न जान्दैनन् । प्रचण्ड कपटी हुन्, छल गर्छन र फेरी गरें ।’

‘पार्टी निर्माण गर्छु भन्छन प्रचण्डले, साहले व्यङ्ग गर्दै भने, ‘बैलले दुध दिएको सुन्नु भएको छ तपाईले? बैलले दुध दिनु र प्रचण्डले पार्टीनिर्माण गर्नु उस्तै उस्तै हो ।

मन्त्री साहले पार्टीका कार्यकर्ताहरुले सहि व्यक्तिलाई छान्ने समय आएको बताए । ‘परिवार मोह र सत्ता मोहभन्दा माथि उठ्न नसक्ने प्रचण्डलाई छान्नु हुन्छ की देशको समृद्धि, विकास र विदेशी शक्तिहरुको प्रहारबाट हामीहरुलाई रक्षा गर्ने केपी कमरेडलाई छान्नु हुन्छ? इच्छा तपाईको छ ।’

प्रचण्ड-नेपाल समूह तर्फ रहेका नेता कार्यकर्ताहरुलाई उनले गल्ती सच्याएर केपी ओली समूहलाई रोज्न उनले आग्रह गरे । उनले सही क्रान्तिकारीलाई छानेर गलत र कपटी क्रान्तिकारीलाई वहिष्कार गर्न सुझाव दिएका थिए ।

संसद् विघटनको विषयमा बोल्दै मन्त्री साहले देशलाई नक्कली क्रान्तिकारीहरुबाट छुट्कार दिलाएर नयाँ नेतृत्वको हातमा सुम्पिन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको बताए । देशको लागि काम गर्न लाग्दा समेत पार्टीबाट पटक-पटक अफ्ठ्यारोमा परेपछि ओलीले एक पटक पुन: जनतालाई सहि र गलत छुट्याएर असल व्यक्तिलाई सत्ताको साँचो दिन अवसर दिएको उनले दावी गरे ।

भेलालाई पार्टीका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, महिला तथा बालबालिकामन्त्री जुली महत्तो, स्थायी कमिटी सदस्य रघुवीर महासेठ, सत्यनरायण मण्डल लगायतका नेताले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय