जनकपुरधाम । माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ। सोमबार उद्योग तथा वाणिज्य मन्त्रालयका प्रतिनिधिहरू र किसानहरूबीच चार बुँदे सहमति भएको मन्त्रालयका प्रवक्ता तथा नारायणप्रसाद रेग्मीले जानकारी दिएकाे हाे ।भुक्तानी दिन बाँकी चिनी मिलहरूले अबका २१ दिनभित्र किसानको सबै पैसा दिने सहमति भएको हो। रेग्मीका अनुसार सहमति भएसँगै मंगलबारदेखि धर्ना र आन्दोलन पनि रोकिएको छ।यदि भुक्तान गरेमा चिनी मिलहरूलाई कारबाही गर्ने पनि सहमति भएको छ। यसका साथै भुक्तानी र अनुदान रकम फरक परेका लगायत विषय तथा समस्या समाधानका लागि समिति गठन गरिने पनि सहमति भएको रेग्मीले जानकारी दिए।रेग्मीका अनुसार किसानहरूले सहमति भएसँगै मंगलबारै घर फर्किने तयारी पनि गरेका छन्।उखु किसानहरू गत मंसिर २८ गतेदेखि माइतीघरमा आन्दोलनरत थिए। पछिल्लो एक वर्षमा उनीहरू दोस्रोचोटि काठमाडौं आएका हुन्।किसानहरूले आफ्नो उधारो भराइदिन माग गर्दै एक वर्षअघि काठमाडौंमा प्रदर्शन गरेका थिए। त्यति बेला उद्योगीहरूले पैसा चुक्ता गर्ने सहमति गरे पनि पूरा गरेनन् । सरकारले पनि पहल गरेन। त्यही भएर काठमाडौंको चिसोमा दोस्रोचोटि सडक तताउन आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय