जनकपुरधाम । नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले आइतबार कार्यभार समाल्ने क्रममा आफ्नो पहिलो निर्णयका रुपमा हवाई उद्धार गरिएका महिलाहरूलाई उपचार पछि घर फर्किदा बाटा खर्च स्वरुप बीस हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकी हुन् ।राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएका सुत्केरी तथा गर्भवती महिलाहरूले आज देखि घर फर्किदा पनि बाटो खर्च स्वरुप नगद बीस हजार रुपैयाँ पाउने भएका छन् । केपी ओली सरकार गठन भएलगत्तै राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि बनाई कार्यन्वयन गरिएको थियो । अब उद्धार पछि घर फर्किन पनि सरकारले बाटा खर्च उपलब्ध गराउने भएपछि दुर्गमका महिलाहरू लाभान्वित हुने भएका हुन ।
शुक्रबार मात्रै महिला बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएकी महतोले आइतबार कार्यभार समाल्दै मन्त्रालयलाई आकर्षक मन्त्रालयका रुपमा विकास गर्ने बताएकी छन् । कार्यभार ग्रहण कार्यक्रममा सङ्क्षिप्त प्रतिक्रिया दिदै मन्त्री महतोले भनिन-‘यस मन्त्रालयलाई यतिन्जेल महत्व नदिइएको भएपनि महत्वपूर्ण कार्य गरि यसको आकर्षण बढाउने छु।’प्रधानमन्त्रीले विश्वास गरि सुम्पिइएको जिम्मेवारी सफलता पूर्वक सम्पन्न गर्ने मन्त्री महतोको भनाई थियो ।मन्त्रालयको सम्पूर्ण कार्यक्षेत्रबारे गहन रुपमा बुझी तत्कालै कार्य अघि बढाउने मन्त्री महतोले बताइन । ०६४ सालको संविधान सभाको सदस्य समेत रहेकी मन्त्री महतो भर्खरै विगठन गरिएको प्रतिनिधि सभाकी सदस्य हुनु भएको छ ।भिडियो सहितhttps://www.facebook.com/1479073615733981/posts/2441434749497858/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय