जनकपुरधामस्थित मिथिला डिपार्टमेन्टल स्टोर र एक रेष्टुरेन्टमा लागेको भीषण अगलागी ३ घण्टा पश्चात् नियन्त्रणमा आएको छ ।

जनकपुरधाम । जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोर र एक रेष्टुरेन्टमा भीषण अगलागी ३ घण्टा पश्चात् नियन्त्रणमा आएको छ । जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा भीषण आगलागी भएको हो ।

बिहीबार बिहान ११ बजे विद्युत तार सट भई आगलागी भएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । आगलागीबाट झण्डै २ करोड ५० लाख बढीको क्षति भएको डिपार्टमेन्ट सञ्चालकको भनाइलाई उधृत गर्दै एसपी बस्नेतले बताएका छन् ।

जनकपुरधाम उप–महानगरपालिका कर्यालयको सय मिटर दुरीमा आगलागी भएपनि उप–महानगरले बारुणयन्त्र नपठाउँदा आगो थप बल्झिएको व्यापारीहरुको बताएका छन् । आगो नियन्त्रणमा धनुषा तथा महोत्तरीबाट आएका ६ वटा बारुण यन्त्र, प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको एसपी बस्नेतको भनाइ छ ।धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, जनकपुर विमानस्थल र महोत्तरीको जलेश्वर नगरपालिकाको बारुण यन्त्रले आगलागी नियन्त्रणमा लिएको हो ।जनकपुरधाम उप–महानगरपालिकामा दुईवटा बारुण यन्त्र रहेपनि महिनौंदेखि दुबै बिग्रिएर थन्क्याइएको छ ।

आगलागी हुँदा समयमै बारुणयन्त्र पठाउन नसकेको भन्दै आक्रोशित व्यापारीहरुले जनकपुरधामका मेयर लालकिशोर साह र उपमेयर रीता झाविरुद्ध केहीबेर चर्को नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय