कैलाली । कैलाली जिल्ला पार्टी कार्यालय कब्जामा लिएको भोलि पल्टै प्रचण्ड-नेपाल समूहले कैलालीको गोदावरी नगरपालिकामा पनि पार्टी कार्यालय कब्जा गरेका छन् ।

नेकपा केन्द्रको विवाद जिल्ला हुँदै स्थानीय तहसम्म पुग्न थालेको छ ।

गोदावरी नगरपालिकाको कार्यालयमा प्रचण्ड नेपाल समूहले गरेको तालाबन्दीको १ घण्टा पूरा नहुँदै ओली समूहले ताला तोडेर कार्यालय आफ्नो नियन्त्रणमा लिएको युवासंघ गोदावरीका सहसंयोजक दुर्गाप्रसाद अधिकारीले बताए ।

‘हामीले अहिले पार्टी कार्यालयमा लगाएको ताला फोडेर कार्यालय नियन्त्रणमा लिएका हौँ,’ उनले भने । गोदावरी ओली समूहका नेता तथा उद्योगमन्त्री लेखराज भट्टको गृह क्षेत्र हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय