काठमाडौँ । वरिष्ठ नेता माधवकुमार नेपाललाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष बनाउने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षको केन्द्रीय कमिटी बैठकको निर्णयप्रति नेता प्रभु साहले असहमति जनाएका छन् ।

केन्द्रीय कमिटी सदस्य समेत रहेका नेता साहले मंगलबार थापाथलीस्थित कार्की पार्टी प्यालेसको बैठकले गरेको निर्णयमा विरोध जनाएका थिए । तर प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव पारित भइसकेको भन्दै उक्त विषयमा छलफल नहुने बताए ।

साहले एउटै अध्यक्ष बनाउनुपर्ने धारणा राखेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्षमा वरिष्ठ नेता नेपाललाई बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय