काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

काठमाडौंमा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध ५ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

बैठकले देशव्यापी प्रदर्शनदेखि मसाल जुलुससम्मका कार्यक्रम घोषणा गरेको छ । समितिका सदस्य केशव झाका अनुसार पुस ८ गते देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्ष तयारीका लागि देशभरी पार्टी कमिटीहरुका बैठक, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

जसपाले संसद अझै जीवित रहेको निष्कर्ष निकाल्दै अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय