काठमाडौं ।नेकपा केन्द्रीय सदस्यसमेत रहेका पर्थिकले सग्लो नेकपा आजदेखि दुई टुक्रा भएको बताएका हुन्।

गृहमन्त्रीसमेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहकार सूर्य सुवेदी पर्थिकले आजदेखि नेकपा दुई टुक्रा भएको बताएका छन्।

अध्यक्षद्वय केपी शर्मा ओलीले बालुवाटारमा र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बेग्लाबेग्लै केन्द्रीय समिति बैठक राखेका थिए।

‘आजबाट सग्लो नेकपा दुई टुक्रा भएको छ,’ दुबै भेलामा नगएका उनले फेसबुकमा लेखेका छन्, ‘हामीले अहोरात्र पार्टी र यसको एकतालाई बचाइराख्न मिलेर, मिलाएर पार्टी र सरकार सञ्चालन गर्न गरिएको भगिरथ प्रयत्न बस्तुत असफल भएको छ।’

उनले नयाँ पार्टीहरूलाई शुभकामना पनि दिएका छन्। गृहमन्त्री थापा पनि आज दुबै अध्यक्षले बेग्लाबेग्लै स्थानमा राखेको केन्द्रीय समिति बैठकमा गएका छैनन्। बादल उपाध्यक्ष बामदेव गौतम भेट्न मंगलबार दिउँसो भैंसेपाटी पुगेका थिए।

पर्थिकले आफूहरू विचार र राजनीतिको आधारमा सहि निष्कर्षमा पुगिने बताएका छन्। ‘अब हामी विचार र राजनीतिको आधारमा छिट्टै सहि निष्कर्षमा पुगिन्छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय