काठमाडौं । फुटको डीलमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेताहरूले आफ्नो कित्ताकाट थालेका छन्। यसअघि एउटा समूहमा रहेका केही नेताहरू अर्को समूहमा पुगेका छन् ।

सोही क्रममा नेकपा नेता रघुबीर महासेठ ववरमहलमा जारी प्रचण्ड-माधव नेपाल समूहको बैठकमा देखिएका छन भने उनकी श्रीमती जुली महतो बालुवाटारमा केपी शर्मा ओली समूहको भेलामा देखिएकी थिइन्।

महतो बालुवाटार प्रधानमन्त्री ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा पुगेकी थिइन्। उनी सोमबार बालुवाटारमा भएको ओली पक्षीय सांसदहरूको भेलामा पनि गएकी थिइन्।

रघुवीर महासेठ र जुली महतो दम्पती दुबै प्रतिनिधि सभामा नेकपाका सांसद हुन्। महासेठ २०७४ सालको निर्वाचनमा धनुषा-४ बाट निर्वाचित भएका थिए भने महतो समानुपातिक सांसद हुन्।

स्थायी समिति सदस्यसमेत रहेका महासेठ लामो समयदेखि केपी शर्मा ओली समूहमा थिए। ओलीले उनलाई भौतिक पूर्वाधार मन्त्रीसमेत बनाएका थिए। पछि उनलाई हटाइएको थियो। महासेठ नेकपाभित्र मधेसबाट प्रतिनिधित्त्व गर्ने प्रभावशाली नेतामा पर्ने गर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय