जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मंगलबार जनकपुरधाममा मोटरसाइकल र्‍याली प्रदर्शन भएको छ । नेकपाका नेता महेश बस्नेतको अगुवाईमा भएको मोटरसाइकल र्‍यालीका सहभागीले ‘अघि बढ केपी बा, साथ दिन तयार छौं, केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।

जनकपुरधामको मुजेलिया नजिकबाट निकालिएको मोटरसाइकल र्‍याली नगरको विभिन्न भाग परिक्रमा गर्दै जनक चोकमा गएर टुँगिएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेको कदमलाई सही भन्दै उनीहरुले समर्थनमा प्रदर्शन गरेका हुन् । जनकपुरमा मंगलबार नै नेता बस्नेतले पार्टीका युवाहरुलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय