जनकपुरधाम । सडक फराकिलो पार्न जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ धर्मवान टोलस्थित मुसहर वस्तीमा जेठको दोस्रो साता डोजर चल्यो। उपमहानगरपालिकाको निर्देशनमा १५ सुकुम्वासीसहित वस्तीको ४० घर भत्काइयो । दलित अगुवा एवं मानव अधिकारकर्मीले केही समयपछि घर भत्काउन नगर प्रमुख लालकिसोर साहसंग आग्रह गरे ।

मेयर साहले वास्तविक सुकुम्बासीलाई बस्ने व्यवस्था मिलाउने आश्वासन दिए । तर,वस्ती भत्काएको ६ महिना बितिसक्दा समेत उप–महानगरपालिकाले कुनै व्यवस्था गरने । चिसोका कारण धर्मवान टोलका ६६ वर्षीय सुकम्बासी महेन्द्र कलवार सिकिस्त छन् । घर भत्काइयो, छाना छैन । खुला आकाशमुनि सुत्न बाध्य छन् । ‘मेयरले घर भत्काउन लगाए । कहाँ बस्नु ? कहाँ सत्नु ?,’ उनले दुःखेसो पोख्दै भने,‘चिसोले मर्ने हो की भन्ने पीरलो छ ।’ घर भत्किएको चिन्ताले सताएको उनले गर्मी मौसममा जसोतासो बाहिर सुतेर गुजारा चलाए । तर, बढ्दै गरेकोे चिसोमा उनको जीवन निकै कष्टकर भएको छ । घर भत्काएकै स्थानमा महेन्द्रले सानो छाप्रो बनाएर दिनचर्या बिताइरहेका छन् । उनको परिवारमा सात सदस्य छन् । एउटा कोठा भाडामा लिएर बसिरहेका छन्। सात जनाको परिवार उनको घर जग्गा अभावमा एउटै कोठामा बस्न बाध्य छन् ।

सडककै पेटीमा खुला आकाशमुनि खाना पकाउँदै गरकी ३५ वर्षीया कलिता देवी सादाको पीडा पनि उस्तै छ । चिसोको कारण बालबालिका बिरामी परेका छन् । ‘उपमहानगरपालिकाले बास खोस्यो । उनले भनिन्, ‘शीतलहर प¥यो। रातभरि जाग्राम बस्नुपर्छ । शीतलहरका कारण हामी रातभरि सुत्दैनौं । बालबालिकाकै सुरक्षामा रात बित्छ ।’ कलिताको श्रीमान लालु सादा मजदुरी गर्छन्। कलिताको पाँच जनाको परिवार छ । आम्दानीको स्रोत नभएकाले छोराछोरीलाई विद्यालय नपाठाएको उनले सुनाइन् । ‘बनिबुँतो गररे सम्पत्तिका नाममा आर्जेको झुप्रो थियो । त्यो पनि उपमहानगरपालिकाले भत्कायो’ उनले भनिन्, ‘वस्तीमा गर्मी मौसममा पानीको प्यास र जाडोमा कठिङग्रिएर मर्ने त्रास छ । तर हाम्रो व्यथा कसैले सुनेनन् ।’ घर जग्गा अभावकै कारण जीवन कष्टकर बन्दै गएपछि वस्तीका १३ परिवार विस्थापित भइसकेका छन् । स्थानीयका अनुसार उनीहरू कोही आफ्न्तको घरमा शरण लिन गए भने कोही मजदुरीका लागि भारत पलायन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय