काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षले आ–आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिबालुवाटारमा आफू निकटका सांसदहरुको बैठक बोलाएका हुन् । उनले विघटित प्रतिनिधिसभाका सांसद् र राष्ट्रिय सभाका सदस्यहरुको संयुक्त बैठक बोलाएका हुन् ।

यस्तै प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका छन् ।

ओली र प्रचण्ड पक्ष छुट्टाछुट्टै बैठक गरेर आ–आफ्नो रणनीति बनाउन व्यस्त बनेका छन् ।

प्रचण्ड समूहले दिउँसो ३ बजे पार्टी स्थायी समिति बैठक समेत बोलाएको छ । प्रतिनिधिसभामा नेकपाका १७४ सांसदहरुमध्ये हाल १७३ सांसदहरु छन् ।

ओलीको कदमविरुद्ध आजै काँग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बस्दैछ ।

आइतबार बेलुका काग्रेस संसदीय दलको कार्यलयमा बसेको नेकपा, जसपा र कँग्रेस नेताको बैठकले आज अपरान्ह ४ बजे सर्वदलीय बैठक बसेर ओली कदमको शसक्त प्रतिवाद गर्ने योजना बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय