जनकपरधाम । वैदेशिक रोजगारबाट फर्केका तथा कोभिड १९ (कोरोना भाइरस) बाट प्रभावित ५० जना युवालाई आत्मनिर्भर बनाउन तीन महिने प्रशिक्षण दिइएको छ ।

धनुषाका दुई र सिरहा तथा महोत्तरीका एक एक नगरपालिकाका ५० जना युवालाई आसमान नेपालले उक्त प्रशिक्षण दिएको हो । सिरहाको गोलबजार नगरपालिकाका १० र धनुषाको सबैला नगरपालिकाका १५ जनागरी २५ जनालाई बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम दिइएको छ ।

त्यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका १५ र महोत्तरीको लोहारपट्टी नगरपालिकाका १० जनागरी २५ जनालाई हाउस वाइरिङसम्बन्धी तीन महिने तालिम दिइएको आसमान नेपाल, सबैला नगरपालिकाका संयोजक सुरेश यादवले जानकारी दिएकाे हाे ।
प्रशिक्षणमा वैदेशिक रोजगारबाट फर्केर :वदेशमै गरी खान चाहने, सीमान्तकृत, दलित, पिछडिएको वर्ग तथा महिलालाई प्राथमिकता दिइएको थियो . वैदेशिक रोजगारमा नगई :वदेशमै केही गर्न चाहने र व्यवसाय गर्न आवश्यक पुजीको अभाव हुने युवालाई सीप दिएर आत्मनिर्भर बनाउने प्रशिक्षण कार्यक्रमको मुख्य उदेश्य रहेको संयोजक यादवले बताए ।
असोज पहिलो सातादेखि सरु भएको तालिम पुस एक गते सम्पन्न भएको हो । बेमौसमी तरकारी खेती र हाउस वाइरिङ सिकाउन ३९० घण्टाको कक्षा सञ्चालन गरिएको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाको १७ नम्बर वडा (कनकपट्टी) मा सञ्चालित हाउस वाइरिङसम्बन्धी तालिममा तीन जना महिला पनि सहभागी भएका थिए ।
व्यवसायिक रुपमा हाउस वाइरिङको काम गर्न सम्भवतः पहिलो पटक महिलाको सहभागिता देखिएको हो । उक्त तालिममा सहभागी मध्ये एक जना महिलाले बिजुलीको सामग्री बेच्ने पसल सञ्चालन गरेकी छन् भने तीन जनाले तालिम लिँदालिदै वाइरिङसम्बन्धी कामको ठेक्का पाएर आय आर्जनमा सहभागी भएको प्रशिक्षक लक्ष्मी यादवले जानकारी दिए ।

बेमौसमी तरकारी खेतीका लागि तालिम लिएका सबै जसो सहभागीले व्यवसायिक तरकारी खेती सुरु गरिसकेका छन् । सबैलामा दुई वटा समुहमा सामुहिक तरकारी खेतीको तयारी थालिएको संयोजक यादवले जानकारी दिए । उनका अनुसार सबैलाको इनर्वा र पटेर्वामा सामुहिक तरकारी खेतीको लागि जग्गाको खोजी भइरहेको उनले बताए ।

तालिम सकिएपछि सबै पालिकामा सीप प्रदर्शनी समारोह आयोजना गरिएको थियो । नगर प्रमुखहरु व्यापार संघ, रोजगारदाता र ऋण प्रवाह गर्ने निकायका प्रतिनिधिहरुको सक्रिय उपस्थितिबीच आयोजित सीप प्रदर्शनी समारोहले सर्वसधारणमा आत्मनिर्भर बन्ने संस्कृतिको प्रबर्द्धन भएको समारोहमा सभागी नेपाल बैंकका सबैला शाखा प्रबन्धक धर्मेन्द्र कर्णले बताए ।

प्रशिक्षण सकिएपछि सीपयुक्त जनशक्तिलाई रोजगारसँग जोड्ने उदेश्यले सीप प्रदर्शनी समारोह आयोजना गरिएको संयोजक अरबिन्द चौधरीले बताए ।
महोत्तरीको लोहारपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्र यादवले रोजगार मेलालाई सम्बोधन गर्दै नव प्रशिक्षित युवाहरुलाई उपहारको रुपमा बक्स वितरण गरेका थिए ।

तस्बिर क्याप्सनः आधुनिक प्रविधिको प्रयोगगरी उत्पादन गरिएको काउली रोजगार मेलामा प्रदर्शन गर्दै सबैलाका सहभागी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय