कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको कृष्णनगर स्वास्थ्य चौकीको हलमा एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कृष्णनगर नगरपालिका वडा नं १२ का वडा अध्यक्ष छेदी प्रसाद यादवको अध्यक्षता र
प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्कीको प्रमुख अतिथित्वमा कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय विपद तथा जलवायु उद्ममशिल योजनामा बाल संरक्षणका मुद्दाहरू समावेशी कार्यक्रम अन्तर्गत स्थानीय बाल संरक्षक बिषयगत क्षेत्रको पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बंधि एक दिने अन्तरकृया कार्यक्रम संचालन भएको छ ।
कृष्णनगर नगरपालिकाको आयोजना र UNICEF Nepal तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कृष्णनगर नगरपालिका अन्तर्गत सबै वडाका वडा अध्यक्ष , कृष्णनगर नगरपालिकाका सम्पूर्ण शाखा प्रमुख , बाल क्लबका सदस्यहरु र किशोरी समुह प्रतिनिधि , प्रहरी लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण unicef nepal भैरहवा कलस्टरका प्रकाश कैनी र मधव बरालले गर्नु भएको थियो।
उत्त कार्यक्रममा कार्यक्रम संयोजक नारायण घिमिरे, कार्यक्रम अधिकृत अजय चौधरी र सामाजिक परिचालक तापस मिश्रको सहभागीता रहेको जानकारी अजय चौधरी ले दिए ।
कार्यक्रम संचालन भने ईश्वरी पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय