• धर्मेन्द्र कुमार यादव

महोत्तरी । चुरे तथा वन जंगल सरक्षण अभियान प्रदेश नं २ ले विभिन्न मांगहरु राख्दै संर्घषका कार्यक्रमहरु घोषणा गरेका छन। बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरि विभिन्न ५ सुत्रिय मांगहरु राख्दै कार्यक्रम घोषना गरेको छ।

जारी गरिएको कार्यक्रम अनुसार अभियानले ओम प्रकाश भनिने दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर्ने, छानबिन गरि अवैध रुपमा सञ्चालित क्रसर उद्योगहरु बन्द गर्नुपर्ने सहितका मांगहरु सहित प्रदेश २ को आठवटै जिल्ला तथा प्रदेश सरकारको मुख्यालयमा गरि चरणवद्व आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ ।

त्यस्तै कार्यक्रमबाट चरन बद्ध रुपमा आन्दोलनको कार्यक्रम घोषना गरिएको छ जस अनुसार पौष ७ गते प्रदेश नं २ को मुख्यमन्त्री कार्यालय अगाडी बिरोध तथा धर्ना कार्यक्रम, पौष ८ गते प्रदेश नं २ को उधोग पर्यटन तथा बनजंगल मन्त्रालय अगाडी बिरोध तथा धर्ना कार्यक्रम, पौष १२ गते प्रदेश नं २ को आठ ओटै जिल्लाको जिल्ला बन डिभिजन कार्यालय अगाडी बिरोध प्रदर्शन गरी ज्ञापन पत्र बुझाउने, पौष १३ गते प्रदेश नं २ को आठ ओटै जिल्लाको जिल्ला प्रसाशन कार्यालय अगाडी बिरोध प्रदर्शन गरी ज्ञापन पत्र बुझाउने, पौष १७ गते सिरहाको चौहर्वामा १ बजे बिरोध प्रदर्शन गर्ने, पौष १८ गते रौतहट जिल्लाको गौरमा १ बजे बिरोध प्रदर्शन गर्ने जस्ता कार्यक्रमको घोषना गरेका छन।

आयोजित पत्रकार सम्मेलनमा अभियानका सरोज रायले भनु भयो कि आफुहरुले मधेश बचाउन चुरे बचाउन आवयश्क रहेकाले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि आफुहरुको मांग सम्बोधन नभएकाले बाध्य भएर आन्दोलनमा पुनः जान परेको बताए ।

कार्यक्रममा चुरे तथा वन जंगल सरक्षण अभियानका प्रदेश संयोजक शुनिल यादव, प्रदेश सह-सयोजक रानी राय, महोत्तरी जिल्ला संयोजक सबिता यादव लगायत दर्जनौ अभियानी हरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय