• महेश सिंह

सिरहा । सिरहाको धनगढीममाई नगरपालिका वडा नं १ बाखर सनगोरामा संचालित भएको प्रथम वडा अध्यक्ष फुटबल कप प्रतियोगिता २०७७ एक कार्यक्रम बिच सम उदघाटन कार्यक्रम भएको छ ।
बाखरमा नयाँ बजार व्यवस्थापन गर्ने उद्देश्य र स्वास्थ्यका लागी खेलकुद ,राष्ट्रका लागी खेलकद नारा सहित शुरु भएको खेलमा १६ वटा टिमले भाग लिएको सम्बन्धित वडाका वडा अध्यक्ष सुर्य नारायण महतोले बताए ।

धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरी नारायण चौधरीको प्रमुख आतिथ्यमा शुरु भएको उक्त खेलकुद प्रत्येक बजारको दिन अर्थात प्रत्येक सोमबार र विहिबारको दिन खेल खेलाईने बाखर ग्रामिण बजार समितिका अध्यक्ष भोगेन्द्र यादवले बताए ।
भाग लिएका १६ टिम मध्ये प्रथम टिमलाई नगद रु १५ हजार कप र प्रमाण पत्र र दोस्रो हुने टिमलाई नगद रु ११ हजार कप र प्रमाण पत्र साथै प्रत्येक दिन हुने खेलमा उत्कृष्ट हुने खेलाडीलाई एभरेष्ट कलेज लहानको तर्फबाट उचित पुरस्कारको व्यवस्था गरिने कलेजका सह लेखापाल ललित कुमार महतोलाई उद्रिद गर्दै वडा अध्यक्ष महतोले बताए ।
कार्यक्रमको बिशिष्ट अतिथिमा धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई,जिल्ला खेलकुद सिरहा प्रदेश २ का ग्रास रुट खेलका प्रमुख प्रशिक्षक श्याम सुन्दर सिंह अतिथिहरुमा बाखर ग्रामिण बजार समितिका अध्यक्ष भोगेन्द्र यादव,वडा सचिव जानुका ढुंगाना लगायतका अतिथिहरुको उपस्थित रहको थियो ।
नगर प्रमुख चौधरीद्धरा बल प्रहार गरी फुटबल खेल उदघाटन गरेको थियो । धनगढीमाई नगरपालिका वडा नं १ का वडा अध्यक्ष सुर्य नारायण महतोको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय