जनकपुरधाम । नेपाली काँग्रेसले देशभर आज सरकारको स्वास्थ्य समबन्धी मापदण्डको धज्जी उडाउँदै जनकपुरसहित देशभरमा प्रदर्शन गरेको छ ।

हिजो आइतबार मात्रै सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयम्सेवाका लागि म तरुण साथीहरुलाई आग्रह गर्दछ।’
काँग्रेसको देशव्यापी प्रदर्शन तथा शक्ति प्रदर्शनले महामारी फैलिने खतरा बढेको भन्दै फेसबुक लगायतका समाजिक संजालमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ ।

तर आज देशभर हजारौँ कार्यकर्ता उतारेको कांग्रेसले अध्यक्ष देउवाको विज्ञप्तिमा उल्लेख भएअनुसार सामाजिक दूरीका साथै स्वास्थ्य मापदण्ड पालना गरेको देखिएन।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारी कांग्रेसको यो आन्दोलनले कोरोना महामारीको जोखिम झन् बढेको बताउँछन्।

‘यो बेलामा आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्छ। हरेकले मास्क, सेनीटाइजर प्रयोग गरेर प्रदर्शनमा आउनुपर्छ,’ उनले भने, ‘आए पनि सामाजिक दूरी अपनाएको हुनुपर्छ, भिडमा कसलाई रोग लागेको नलागेको थाहा हुँदैन। हामी सबैको घरमा वृद्धवृद्धा होलान्। कोही संक्रमणको उच्च जोखिममा रहेका मान्छे होलान्। उनीहरूलाई झन जोखिम बढ्यो।’

फेसबुकमा सञ्जीव कार्की लेख्छन्, ‘कांग्रेसले सडक प्रदर्शनमा पक्कै पनि कोरोना प्रुफ केही उपाय अपनाइएको छ। होइन भने कोरोनाबाट बच्ने जन्तर लगाएर नै त होला जुलुस गरेर भ्रष्टाचारको विरोध गरेकोरु कि डाक्टर ओलीले प्रेस्क्राइब गर्नुभएको बेसार पानीमा विश्वास भएर निडर बनेकोरु जे होस कांग्रेस निद्राबाट बिउँझेछ।’

सरकारले कोरोना महामारीमा पनि जनताको जिउ धन जोगाउन नसकेको, भ्रष्टारमा लिप्त भएको, संसदलाई बन्दी बनाएको, सर्वसत्तावादीको बाटोमा गएकोलगायत आरोप लगाउँदै आज (सोमबार) ७७ वटै जिल्लामा प्रदर्शन गरकेो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय